ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाले कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरेको गगन थापाको स्ष्टीकरण


ABC NEWS
२३ पुस २०७९, शनिबार   ५ : २०   बजे

 

काठमाडौं २३ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ गठबन्धन बनाउन लागेको र सभापति शेरबहादृर देउवाले कसैलाई प्रधानमन्त्री अफर गरेको भन्ने कुरा भ्रमपूर्ण भएको बताएका छन्।
शनिबार संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर कांग्रेसको प्रतिष्ठामाथि आँच पुर्याउन खोजेको टिप्पणी गरे ।
विभिन्न दलका नेताहरूलाई पार्टी सभापति शेरबहादुर देउवाले भेटेको भने थापाले स्वीकारे । थापाका अनुसार ती भेट सामान्य भेट मात्रै भएको बताए।
देउवाले जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी , राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन्।

थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गरेको व्यपाक चर्चा भएको थियो ।
‘अरू दलहरूका नेताहरू सभापतिसँग भेट्न उहाँहरू नै समय मागेर आउनुभएको हो, शीर्ष नेताहरूको बीचमा सामान्य छलफल हो, कांग्रेसले अरू पार्टीलाई प्रधानमन्त्रीको अफर गर्नेकुरा अफवाह हो, निराधार हो थपाले भने चाहेर पनि अहिले अरुलाई प्रधानमन्त्री बनाउन कानूनले नै मिल्दैन,’ ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि विश्वासको मत दिन नसकिने थापाले बताए।
कांग्रेस संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने कि के गर्ने भन्ने बारे २६ गते नै निर्णय गर्ने निर्णय गरेको छ । आजै एक कार्यक्रममा सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवाले विदेशीको इशारामा अहल्यिै सरकार फेल गर्ने कच्च खेल शुरु गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu