ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदलाई सम्पत्ति विवरण बुझाउने पहिलो सांसद माधव सापकोटा


ABC NEWS
२४ पुस २०७९, आइतबार   ३ : ३४   बजे

 

काठमाडौं २४ पुस । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले आफ्नो सम्पत्ति विवरण संघीय संसद सचिवालयमा बुझाएका छन् ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था अनुसार आफूले संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएको सांसद सापकोटाले बताए ।

संसद सचिवालयका अनुसार गत ४ मंसिरमा सम्पन्न आम निर्वाचनबाट चुनिएर आएका २७५ प्रतिनिधिसभा सदस्यहरुमध्ये सिन्धुपाल्चोकबाट निर्वाचित सापकोटाले सबैभन्दा पहिले सम्पत्ति विवरण बुझाएका हुन् ।

‘पारदर्शिता र सुशासनको विषय उठाएर चुनाव जितेको हुँ । भोलि बाट अधिवेशन सुरु हुँदैछ । त्यसअगावै सम्पत्ति विवरण बुझाएको छु’ सापकोटाले भने ।

सापकोटाले संसद सचिवालयमा बुझाएको विवरण अनुसार उनका बुबा हरिप्रसाद सापकोटाको नाममा सिन्धुपाल्चोकको बलेफीमा १ रोपनी र बुबाकै नाममा सिन्धुपाल्चोककै कुविण्डे र फुल्पिङकट्टीमा ५० रोपनी खेतबारी पैतृक सम्पत्ति छ ।

श्रीमतीको नाममा कागेश्वरी मनहरा नगरपालिकामा ४ आना जग्गा ऋण ९बैंक लोन० लिएर खरिद गरेको उल्लेख गरेका छन् । श्रीमतीकै नाममा भक्तपुरमा ५ आना जग्गा व्यवसायका लागि लिएको पनि विवरणमा समावेश छ । दाइजो र खरिद गरेको समेत गरी १० तोला सुन, एभरेष्ट बैंकमा आफ्नै नाममा ३ लाख रुपैयाँ नगद रहेको बताएका उनको नाममा सिन्धुपाल्चोक जलविद्युत कम्पनीको शेयर रहेको उल्लेख छ ।

काठमाडौंको घर निर्माणका लागि तीन जनासँग ९५ लाख ऋण लिएको पनि विवरणमा समावेश छ । सवारीसाधनतर्फ ल्याण्डकुजर जीप र श्रीमतीको स्कुटर, यसका अलावा ल्यापटप, प्रिन्टर लगायतका व्यक्तिगत प्रयोजनका सामाग्रीहरु रहेको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group