Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं २५ पुस । संघीय संसद्को प्रतिनिधिसभातर्फको पहिलो बैठक आज बस्दै छ। संसद सचिवालयका अनुसार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।
बैठकमा जेष्ठ सदस्यका रुपमा सभामुखको काम गरेका सदस्यले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएको पत्र र मन्त्रिपरिषद् गठन भएको जानकारी पनि सदनलाई गराइने छ।
सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन हुने छ।
प्रतिक्रिया दिनुहोस्