ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले संसदमा संसद विघटनको प्रसंग उठाउँदै छेडछाड


ABC NEWS
२५ पुस २०७९, सोमबार   २ : ००   बजे

काठमाडौं २५ पुस । प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन प्रतिगमन नभएको जिकिर गरेका छन् । ओलीले भने संसदबाट सरकार बन्ने र ढल्ने प्रतिगमन होइन, उनले भने संसदलाई अन्त कतै(दरबार) लगेर बुझाउनु प्रतिगमन हो ।

ओलीले भने– नयाँ जनादेश माग्न जानु प्रतिगमन हो भने संसदीय व्यवस्थाका जननी बेलायतमा अस्तिसम्म पनि प्रतिगमन भइरहेको थियो । प्रतिनिधि सभा भंग हुनु प्रतिगमन होइन, संसदबाट सरकार बन्नु र ढल्नु प्रतिगमन होइन,अन्यत्रबाट सरकार ढाल्न लागियो भने त्यो प्रतिगमन हो । कुठाउँबाट सरकार बनाउनेमा जाँदैन जानु हुँदैन ।
कुनै पनि दल र नेताले राष्ट्रिय स्वाधिनताको पक्ष्मा उभिन्छु भन्न सक्दैन भने त्यो भन्दा निरिहता अरु केही हुँदैन । ओलीले भने यो सरकारले राष्ट्रियताको पक्ष्मा उभिन्छ । जनताको पक्ष्मा उभिन्छ ।
ओलीले भने कांग्रेसले यो सरकार बन्न पाउंदा नपाउंदै ढाल्न लागेर गल्ती गरेको बताए । ओलीले सरकारका मन्त्रीहरु के गर्दा प्रचार हुन्छ भनेर मिडियाको मुख सुंघेर कुद्ने होइन। काम गर्नु पर्दछ । के प्रथामिकता हो भन्ने बुझ्नु पर्दछ भन्दै सरकारका केही मन्त्रीको स्टन्टप्रति असन्तुष्टि जनाए ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत पाउनेमा आफू ढुक्क भएको भन्दै ओलीले भने, ‘आज पनि उहाँलाई बधाई भन्न चाहन्छु । तर चुनौती छन् भन्ने कुरा पनि स्मरण गराउन पनि चाहन्छु ।’

पूर्वप्रधानमन्त्री ओलीले अहिले राष्ट्रियतासम्बन्धी र आर्थिक समस्या बढी रहेको बताए । अर्थतन्त्र गम्भीर अवस्थामा रहेको भन्दै ओलीले सबै समस्याको सकारात्मक ढंगले समाधान खोज्नुपर्ने बताए । ‘मुलुकलार्इी पछाडि सर्नबाट रोकेर अगाडि बढाउनुपर्नेछ’ उनले भने ।

प्रतिनिधिसभाको पहिलो दिनको बैठकमा सोमबार एमाले अध्यक्ष ओलीले सरकार गठन हुन नपाउँदै ढलाउने खेलतिर लाग्न थालेको भन्दै जनता र देशका लागि कहिले काम गर्ने हो भन्ने प्रश्न गरेका थिए । उनले भने, ‘सांसद र नेताहरूको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि कहिले काम गर्ने ? सरकार बन्न पाएको छैन बिगार्ने खेलतिर लाग्यौं भने समयको बर्बादी हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu