ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसअघिभन्दा फरक ढङ्गले काम गर्न चाहन्छु, सबैले मत दिएर विश्वलाई सन्देश दिनुहोस् : प्रधानमन्त्री प्रचण्ड ( LIVE)


एबीसी न्यूज
२६ पुस २०७९, मंगलबार   १ : ४५   बजे

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभासमक्ष विश्वासको मत माग्नुभएको छ । विश्वासको मतको लागि मत विभाजन हुनुअघि संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सबैजना मिलेर जाँदा देश अघि बढेका विगतलाई सम्झेर आज मत दिन आग्रह गर्नुभयो ।

‘हामी मिल्दा देश अघि गएको छ, नमिल्दा देश सङ्कटतिर गएको छ । २०७२ सालमा सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म विपक्षमा थिएँ, त्यतिबेला मैले संसदमा सत्तापक्ष र प्रतिपक्ष भन्ने छैन, यो सङ्कटलाई पार लगाऔँ भनेको थिएँ ’ प्रचण्डले भन्नुभयो ।

उहाँले अहिले पनि देश सङ्कटमै रहेको बताउनुभयो । अहिले देखिएका साना समस्या समाधान नगर्दा यसले ठूलो रुप लिन सक्ने भएकाले सबै मिलेर जानुपर्ने बताउनुभयो । ‘५० लाख मानिस गरिबीको रेखामुनि छन्, लाखौँ युवा परिवार छाडेर विदेशमा पसिना बगाउन बाध्य छन्, विकास निर्माण भद्रगोल छन्, विद्यालयले शैक्षिक क्यालेन्डरसमेत बनाउन सक्दैनन्, शान्ति प्रक्रियाका काम अधुरै छन्। यी सबै समस्याको समाधान हामी मिल्दा मात्रै सम्भव छ ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

उहाँले आफूलाई सबैले मत दिएर नेपालमा मात्रै नभएर विश्वमै गतिलो सन्देश दिन आग्रह गर्नुभयो । यसअघि आफू २ पटक प्रधानमन्त्री भएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले पहिलो पटक अनुभव नभएको, पार्टीभित्रको अन्तरकलह लगायतका कारण काम गर्न नपाएको तर मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण कोरिडोर, विद्युतीकरण लगायतका काम भएको बताउनुभयो । दोस्रो कार्यकाल पनि अप्ठ्यारोमै रहेको तर संविधान कार्यान्वनयको सुरुवात, नेपालको इतिहासमै पहिलोपटक आर्थिक वृद्धिदर ७ प्रतिशत नाघेको, लोडसेडिङ अन्त्य लगायतका काम भएको उहाँको भनाइ छ ।

‘यसपटक फरक सङ्कल्पका साथ प्रधानमन्त्री भएको छु । यसअघिका कार्यकालमा सोचेजस्तो काम गर्न नसकेको स्वीकार गर्दछु । अहिले विश्वासको मत पाएमा मैले देशको लागि केही गर्ने सङ्कल्प बोकेर आएको छु । राजनीतिक दलप्रति नागरिकको अविश्वास छ भन्ने कुरा लुकाएर होइन स्वीकार गरेर अघि बढ्नुपर्छ’ प्रधानमन्त्रीले भन्नुभयो ।

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई साझा प्रधानमन्त्रीका रुपमा राष्ट्र निर्माणको अवसर दिन सांसदहरुलाई आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रचण्डले हिजो क्रान्ति सुरु गर्दा जुन आवेग र अठोट थियो, बीचमा केही अलमल भए पनि अहिले त्यही जुन आवेग र अठोटका साथ रोष्टममा उभिएको बताए ।

सिंहदरबारमा फोटो झुण्ड्याउन मात्र प्रधानमन्त्री नभएको भन्दै उनले भने, ‘हरेक पटक संसदमा म उपपब्धिको डेटा र रिपोर्ट कार्डका साथ उपस्थित हुने छु । मलाई विश्वासको मत दिएमा हरेक माननीयले गर्व गर्ने वातावरण बनाउनेछु ।’

 

https://www.facebook.com/abctelevision/videos/1849756388691677

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group