ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापेको ओलीको गम्भीर आशंका


ABC NEWS
२६ पुस २०७९, मंगलबार   २ : ४६   बजे

 

काठमाडौं २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रचण्ड सरकारलाई समर्थन गरेर बेइमानीको अखेटो थापेको आरोप लगाएका छन् ।ओली ले भने नेका र राप्रपा अहिले समान हैसियतमा सरकारका सहयोगी बनेका छन् । कांग्रेसको समर्थन सदाशयताबाहेक अरू उद्देश्यले भएको हो भने त्यो सफल हुँदैन भन्दै ओलीले आशंका व्यक्त गरे ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत माग्दै ओलीले अब संसदमा प्रतिपक्ष नै नरहेको बताए । उनले राप्रपाले पनि सरकारलाई समर्थन गरेको तर सरकारमा सहभागी नभएको उदाहरण दिँदै कांग्रेस पनि सोही हैसियतमा आएको बताए ।

ओलीले कांग्रेसले जाल थाप्न खोजेको हो भने जालमा माछा नपर्ने चेतावनी समेत दिए । उनले कांग्रेसको समर्थनभित्र कुनै जाल भएको हुन सक्ने बताएका हुन् ।

प्रतिनिधिसभा बैठकमा  प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै उनले कांग्रेसले समर्थन गरेर जाल वा ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने बताए । ‘ जाल हो भने म भन्न चाहन्छु, ढोक्सा हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल’ ओलीले भने ।

ओलीले अब संसदमा विपक्षी नरहेको भन्दै सरकारका गलत कामको विरोध त सरकारमै सहभागी दलका सांसदहरूले पनि गर्ने बताए ।

उनले  भने, ‘केही यसभित्र भोलिका निम्ति अरु खालका कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ । किनभने त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन ।’

एमाले अध्यक्ष ओलीले कांग्रेसको समर्थनभित्र जाल नभई सदासयता छ भने स्वागतयोग्य रहेको पनि बताए । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

संसद विघटनका बारेमा गलफत्ति

उनले प्रतिनिधि सभामा सोमबार बोल्ने क्रममा ओलीले संसद् विघटन हुनसक्ने भन्दै दिएको अभिव्यक्तिको आलोचना गरेका थिए ।

देउवाले फेरि त्यस्तो अवस्था नआओस् भन्नका लागि कांग्रेसले सरकारलाई विश्वासको मत दिने भन्दै  ‘प्रतिनिधि सभाको हिजो बसेको पहिलो बैठकमा नेकपा एमालेका अध्यक्ष तथा वर्तमान सत्ता गठबन्धनका समेत नेताको सम्बोधनमाथि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, देउवाले ओलीलाई लक्षित गर्दै भने, ‘उहाँले संविधानको पूर्णकालीन संसद्को व्यवस्थाको विपरीत फेरि पनि संसद् विघटन गर्न सकिने कुरा जोडदार रूपमा दोहो¥याउनु भएको छ । संविधानको पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौं । सम्माननीय सर्वोच्च अदालतले पनि संविधानको व्यवस्था अनुरूप विघटित संसद्को पुर्नस्थापना गरेको थियो। आज फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्षमा संविधानको रक्षाका लागि खरो रूपमा उभिने चुनौती हाम्रो सामुन्ने आएको छ। वर्तमान प्रधानमन्त्रीको लागि पनि यो परीक्षणको घडी हो ।’

जवाफमा अध्यक्ष ओलीले विगतमा संसद् विघटन कांग्रेस र राजाले गरेको बताए । ‘म एउटा कुरा भन्छु । १५ सालमा संसद् बन्यो, १७ सालमा संसद् विघटन गर्ने राजा महेन्द्र हुन् म होइन । ४८ सालमा निर्वाचन भयो ५१ सालमा संसद् विघटन गरेर मध्यावधिमा जाने नेपाली कांग्रेस हो म होइन’ ओलीले भने, ‘गुरुजी आफूले गरेका कुरा कतिपल्ट संसद् विघटन भो, कतिपल्ट के भो ? माननीय शेरबहादुरजीले ५८ सालमा संसद् विघटन गरेर मध्यावधिमा गएर आश्विन १८ र माघ १९ होइन ? मेरा मित्रलाई म सोध्न चाहन्छु यहाँले होइन संसद् विघटन गर्‍या ?’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group