धनगढी, ११ माघ । प्रदेश नं. ७ को पहिलो प्रदेश सभाको बैठक यही माघ २१ गते बस्ने भएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो बैठक माघ २१ गते दिउँसो १ः० बजे आह्वान गरेका छन् ।
धनगढी स्थित जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेश सभाको पहिलो बैठक आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयका सचिब युवराज सुवेदीले जानकारी दिए।
सात नम्बर प्रदेश सभामा नेकपा एमालेका २५, नेकपा ९ ,माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना समेत ५३ जना सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्