ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेका लीला गिरि लुम्बिनीको मुख्यमन्त्री नियुक्त, गिरिको पक्षमा ५८ को हस्ताक्षर


ABC NEWS
२७ पुस २०७९, बुधबार   २ : १२   बजे

लुम्विनी २७ पुस । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले बुधबार मुख्यमन्त्री नियुक्त भएका छन् ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि पुस २७ गते ४ बजेसम्मको समय सीमा तोकेका थिए ।
प्रदेश प्रमुख शेरचनले दिएको अवधि भित्रै दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्।
गिरीले ७ दलका ५८ सांसदको हस्ताक्षरसहित बुधवार दिउँसो २ बजे मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए ।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै सांसदसहित पहिलो दल बनेको एमालेका २९ जना सांसद छन्। सरकारलाई माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३, ३ जना सांसदले समर्थन गरेका छन्।

चार जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रले सांसदको टिकट नदिएपछि स्वतन्त्र रुपमा उठेर निर्वाचन जितेका २ जना सांसदले पनि वाम गठबन्धनको सरकारलाई समर्थन गरेका छन्।
२७ जना सांसद सहित प्रदेशमा दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेस र एक, एक जना सांसद रहेका नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा भने सरकार बाहिर बसेका छन्।
मुख्यमन्त्रीको शपथ ग्रहण भने बिहीबार दिउँसो १ बजे देउखुरीमा हुने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

सम्बन्धित

राष्ट्रिय गौरवका आयोजनाको लागत १३ गुणासम्म वृद्धि हुनु चिन्ताजनकः सांसद आचार्य

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu