ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधवको मनको बहः सुप्रिम र सुप्रिमो ठान्ने प्रवृत्ति भन्दै प्रचण्डमाथि खनिए


राजनीतिक सम्वाददाता
२७ पुस २०७९, बुधबार   २ : ३३   बजे

 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गल्ती महशुस नगर्ने, आफैँले मात्र जान्ने सुन्ने र सुप्रिमो हुने नेपालको राजनीतिमा देखिएको गलत प्रवृत्तिको सिकार नहुन आग्रह गरेका छन् । बुधबार नवनिर्वाचित सांसदहरूलाई अनेरास्ववियुले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै पुन संसद् विघटनको खतरा कायम रहेकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका हुन् ।‘गल्ती महसुस नै नगर्ने प्रवृत्ति राजनीतिक वृत्तमा देखिन्छ । मैले जे गरेँ, ठिक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहङ्कार प्रदर्शन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ठान्ने’, अध्यक्ष नेपालले भने, ‘सुप्रिम र सुप्रिमो ठान्ने प्रवृति देखिन्छ । यसको सिकार वर्तमान प्रधानमन्त्री नभइदिनुहोला है । मेरो आग्रह छ ।’

अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई अवलम्बन गर्न, राम्रो संस्कारलाई पछ्याउँदै विकासको गति लिने काममा भूमिका खेल्न सके इतिहासमा नाम कमाउन सक्ने बताए । उनले यसको व्याख्यासहित १५ बुँदे सुझावसहित सरकारलाई समर्थन गरेको बताए । उनले वर्तमान सरकार इमानदारिता र निष्ठाका साथ अघि बढ्नुपर्ने भन्दै यहीँ आदर्शबाट आफ्नो अभिप्रेरित भएको बताए ।

उनले आफ्नो पार्टी केन्द्रीय सरकारमा नगएर प्रतिपक्षमा रहेको भन्दै विश्वासको मत मात्र दिएको बताए । उनले वर्तमान सरकारले आफुसँग गर्ने व्यवहारका आधारमा सरकारसँगको सम्वन्धको सीमा तय हुने बताए । ‘व्यक्तिगत रुपमा वर्तमान प्रधानमन्त्रीलाई हामीले केही भन्नुपर्ने छैन । हामीले सदासयतामात्र व्यक्त गर्ने हो ।राम्रो बाटोमा अघि बढोस् भन्ने र असल काम गरियोस भन्ने शुभेच्छा पनि हो’, अध्यक्ष नेपालको भनाइ छ । उनले आफु र प्रचण्डसँगको सम्बन्धमा समस्या नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

सम्बन्धित

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’

हर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान तनाव फेरि चुलियो, सैन्य आक्रमण तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu