ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घनश्याम भुसाललाई समाजवादीमा आउन पत्राचार, विचार गर्दै भुसाल


ABC NEWS
२८ पुस २०७९, बिहिबार   १ : ४५   बजे

काठमाडौं २८ पुस । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पूर्व एमाले नेता घनश्याम भुसाललाई पार्टीमा छिटोभन्दा छिटो आउन पत्रााचार गरेको छ ।

भुसालले यसअघि पुस २६ मा पार्टी प्रवेशको छलफलका लागि पठाएको ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ नामक दस्तावेजको उत्तर दिँदै समाजवादीले स्वागत पत्र पठाएको हो।

भुसालले त्यसबेला उठाएका विषयहरुलाई सम्बोधन गर्दै समाजवादी महासचिव बेदुराम भुसालले बिहीबार उनलाई उक्त स्वागत पत्र पठाएका हुन्।

‘हामीले २०७७ चैत्र ४–५ मा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने जुन दृढ अठोट गरेका थियौँ। त्यसमा नेकपा ९एकीकृत समाजवादी० आज पनि प्रतिबद्ध छु, महासचिव भुसालले पत्रमा भनेका छन्, पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन्। त्यसैले तपाईं अब छिटोभन्दा छिटो नेकपा एकीकृत समाजवादी मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ।’

समाजवादीले भनेको छ ‘कुनै दिन नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले नेकपा ९एकीकृत समाजवादी० मा कायम रहेको सैद्धान्तिक बिन्दुमा नफर्किकन सुखै छैनु भन्ने तपाईंको विश्लेषण पार्टीको तत्सम्बन्धी विश्लेषणसँग मिल्दो छ । नेपाली क्रान्तिको अबको कार्यदिशा समाजवाद निर्माणतर्फ अगाडि बढ्ने हो भन्ने नेकपा ९एमाले० को नवौँ महाधिवेशनको निर्णयप्रति नेकपा एकीकृत समाजवादीअहिले पनि प्रतिवद्ध छ। नेपाली क्रान्तिको आजको कार्यदिशा त्यही नै हो। समाजवादको ठोस कार्यक्रम बनाएर अगाडि बढ्नु र त्यो कार्यक्रम बोक्ने पार्टी निर्माण गर्नु आजको आवश्यकता हो।’भुसाललाई स्वागत पत्र पठाएसँगै अब उनी केही दिनमै समाजवादीमा प्रवेश गर्दैछन्। मंसिर ४ को निर्वाचनअघिसम्म उनी एमाले स्थायी कमिटी सदस्यसँगै अर्थ तथा योजना विभाग प्रमुख पनि पनि थिए।

भुसालले समाजवादी प्रवेशका लागि महासचिव पद मागेका छन्। उक्त पद दिन समाजवादी तयार भइसकेको छ। तर उनलाई पहिले पार्टीमा प्रवेश गराएर केही बैठकमा सहभागी गराएपछि उक्त पद दिने तयारी अध्यक्ष नेपालले गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu