ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा


admin
११ माघ २०७४, बिहिबार   ४ : १२   बजे

काठमाडौँ, ११ माघ । अर्को महिना नामिबियामा शुरु हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।


आज घोषित टोलीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दीलिप नाथ, ललितसिंह भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल तथा वैकल्पिक खेलाडीमा सुनिल धमला, ललितनारायण राजवंशी, किशोर महतो र सिद्धान्त लोहनी रहेका छन् ।

गत महिना सम्पन्न इपिएल टी–२० मा उत्कृष्ट प्रदर्शन गरेका अनिलकुमार शाह र रोहितकुमार पौडेलले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले खेलाडी चयन गरेको हो ।

प्रारम्भिक चरणमा छनोट भएका २१ खेलाडीबाट अन्तिम टोली छनोट गरिएको हो । नेपाली टोली नामिविया जानुअघि यही माघ १३ गते युएई भ्रमणमा जानेछ । त्यहाँ रहँदा नेपालले तीनवटा अभ्यास खेल खेल्ने तय भएको कप्तान खड्काले बताए ।

नेपाली टोली माघ २१ गते नामिविया जानेछ । डिभिजन दुई माघ २५ गतेदेखि नाविवियामा सुरु हुनेछ ।

आइसिसी वल्ड क्रिकेट लिगको शीर्ष चारमा पर्न असफल भएपछि नेपाल गत असोजमा डिभिजन दुईमा घटुवा भएको हो । अब डिभिजन दुईमा छ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

शीर्ष दुई टोलीले सन् २०१८ मार्चमा जिम्वावेमा हुने ‘वान डे क्वालिफायर’ खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group