ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ मा मन्त्रिपरिषद विस्तार : माओवादीबाट २ र एमालेबाट १ मन्त्री थप, प्रदेश सरकार ७ सदस्यीय


ABC NEWS
२९ पुस २०७९, शुक्रबार   ११ : ५२   बजे

विराटनगर २९ पुस । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि सरकारमा थप ३ बिनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद विस्तारको क्रममा शुक्रबार नेकपा माओवादी केन्द्रबाट २ र एमालेबाट १ जना मन्त्री बनेका हुन् । नेकपा एमालेबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी र माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापाँगाई तथा मोरङका जीवन आचार्य थपिएका छन्  ।

पौष २५ गते मुख्यमन्त्रीसँगै ३ जना मन्त्रीले प्रदेश सरकारको मन्त्रीको रुपमा शपथ लिएका थिए । नेकपा एमालेका तिलकुमार मेन्याङ्बो,राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बु मन्त्री बनिसकेका छन् ।
आजको विस्तारसँगै प्रदेश १ सरकारको मन्त्रिपरिषद ७ सदस्यीय बनेको छ ।

मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारीमा छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले कम्तिमा ४७ सांसद मत पाउनुपर्छ ।

९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सहित मुख्यमन्त्री कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ।

प्रतिपक्षमा नेपाली कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्।
विश्वासको मत पाइसकेपछि मन्त्रिपरिषदलाई पूर्णता दिने मुख्यमन्त्री कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu