ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दीपक मनाङे मन्त्री पाउने आशामा मुख्यमन्त्रीलाई समर्थन , मन्त्री नपाउने भएपछि प्रतिपक्षमा हुत्तिए


ABC NEWS
२९ पुस २०७९, शुक्रबार   १२ : २६   बजे

 

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार गठन गर्दा लिखित समर्थन गरेका एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले विश्वासको मत नदिने बताएका छन् ।

दिपकले सरकार गठनको बेलामा मुख्यमन्त्री अधिकारीलाई समर्थन गरेपनि मन्त्री नपाउने भएपछि विश्वासको मत नदिएर प्रतिपक्षमा बस्ने भन्दै बार्गेनिंग बढाएका छन् ।

‘गण्डकी प्रदेशमा एमालेबाट प्रस्तावित मुख्यमन्त्री माननीय खगराज अधिकारीले लिने विश्वासको मतमा म मनाङ जिल्ला (ख) बाट निर्विरोध निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु’ उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ मतबाट सरकार बनाउन आवश्यक बहुमतका लागि भने दिपक निर्णायक छ्रैनन् ।

मनाङे मंसिर १९ गते माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए । निर्वाचनमा एमाले र कांग्रेस दुवैले वाकओभर दिएका कारण उनी निर्विरोध भएका थिए । पुरानो सत्ता गठबन्धनबाट मन्त्री बन्न उनी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । तर नयां बाम गठबन्धन बनेपछि केन्द्रमा माधव नेपाल जस्तै गण्डकीमा दिपक अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैनः सांसद राणा

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

सम्बन्धित

कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैनः सांसद राणा

राष्ट्रिय गौरवका आयोजनाको लागत १३ गुणासम्म वृद्धि हुनु चिन्ताजनकः सांसद आचार्य

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu