ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौधरी समूह टेलिकम लाइसेन्सको पूर्वसर्त मान्न तयार, वाम गठबन्धन बनेपछि चौधरी जिल्लिए


ABC NEWS
२९ पुस २०७९, शुक्रबार   १२ : ४०   बजे

 

काठमाडौं। आवश्यक सर्त पुरा नगरेकाले पटक– पटक दूरसञ्चार सेवा सञ्चालनको युनिफाइड लाइसेन्स पाउनबाट रोकिएको अर्बपति विनोद चौधरीको सीजी टेलिकमले आफू प्रतिकूल सत्ता गठबन्धन बनेपछि आवश्यक सर्त पुरा गर्न तयार भएको छ।

चौधरी समूहले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई आफूहरु लाइसेन्स पाउनुअघि पुरा गर्नुपर्ने सर्त मान्न तयार रहेको जानकारी गराएको छ ।

दूरसञ्चार प्राधिकरणले आगामी बोर्ड बैठकमा छलफल गर्ने बताइएको छ । प्राधिकरणको बोर्ड बैठक माघ २ गते बस्नेछ ।

२०६९ जेठ १ मा तत्कालीन सूचना तथा सञ्चार मन्त्रालयले दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने निर्णय गरी सोको लागि अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर, आवश्यक योग्यता र सर्तसहितको सूचना राजपत्रमा प्रकाशित गरेको थियो।

उक्त प्रावधान अनुसार युटीएल र स्मार्ट टेलिकमले युनिफाइड लाइसेन्स पाएका थिए। तर, सीजी टेलिकमले आवश्यक सर्तहरु पालना नगरेको भन्दै प्राधिकरणले लाइसेन्स दिन अस्वीकार गर्‍यो। २०६९ चैतमै सर्त पूरा गरेको अवस्थामा सिजीलाई लाइसेन्स दिने निर्णय भइसकेको थियो।

पहिल्यै निर्णय भइसकेको विषय भएकाले फेरि सिफारिस गर्न नपर्ने भन्दै प्राधिकरण बोर्डले निर्णय गर्‍यो। त्यसपछि पुन ः सीजीले पहिला युनिफाइड लाइसेन्स दिएपछि मात्रै सर्त पूरा गर्ने भन्दै निवेदन दिएको थियो ।

नयाँ सरकार गठन भएसँगै चौधरी समूह फेरि टेलिकम लाइसेन्स लिन शर्तसहित तयार देखिएको हो।

प्राधिकरणले सिजी कम्युनिकेशनले पाएको लिमिटेड मोबिलिटी सेवाको सातवटै अनुमति पत्र २०७६ माघ १९ मा खारेज गरिदिएको थियो।

कम्पनीको बागलुङ, पाल्पा, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बर्दिया र दैलेख जिल्लाका लागि छुट्टाछुट्टै सातवटा लाइसेन्स थिए। ती जिल्लाहरुमा लिमिटेड मोबिलिटी सेवा सञ्चालनका लागि कम्पनीले २०६६ मा प्राधिकरणबाट अनुमतिपत्र पाएको थियो।

तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले अनुदान परियोजनाको रूपमा दूरसंचार सेवा सञ्चालनका लागि लिएको ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स सीजीले किनेको थियो। २०६० फागुन ५ मा एसटीएम टेलिकमको नाममा दर्ता भएको टेलिकम कम्पनी उद्योगी विनोद चौधरीले खरिद गरी सिजी टेलिकममा रुपान्तरण गरेका थिए।
विगत ७ वर्षदेखि चौधरी राजनीतिक पहुँच प्रयोग गरेर सिधै देशव्यापी जिएएम लाइसेन्स लिन चाहन्थे । अघिल्लो वामपन्थी सरकार उनका लागि बाधक भयो भने यसपटक आफै मन्त्री हुने दाउमा रहेका चौधर पुनः वाम गठबन्धन भएपछि जिल्लिन पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group