काठमाडौं २९ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकाललाई ठूलो परीक्षाको रुपमा लिएको बताएका छन् ।
शुक्रबार नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यो कार्यांकालमा भाषण कम र काम धेरै गर्ने बताएका छन् ।ले यस्तो धारणा राखेका हुन् ।
‘लोकतन्त्र घोषणा भयो तर जनताको जीवनस्तरमा परिवर्तन देखिएन,’ प्रधानमन्त्री दाहालले भने ‘आफ्नो कार्यकाललाई यो पटक ठूलो परिक्षाको रुपमा लिएको छु । भाषण कम गर्छु धेरै राम्रो काम गरेर देखाउँछु ।’
सरकारको कामहरु सुशासन र देशको हितका लागि केन्द्रित हुने भन्दै उनले यही कार्याकालमा नेपालको आर्थिक विकासको गति लिने, शुसानको जग बस्ने र राजनीतिक परिर्वतन अब आर्थिक विकासका परिणत हुने दाबी पनि प्रधानमन्त्री दाहालले गरे ।
यस पटकको संसदमा देखिएको उपस्थितिले जनताहरुले पार्टीको बिकल्प खोजे जस्तो पनि देखिएको तर पार्टीहरुको सम्भावना अझै बाँकी छहै भनेर केही खबरदारी गरेको जस्तो देखिएको पनि प्रधनमन्त्री दाहालले बताए ।
‘यस पटकको संसदमा देखिएको उपस्थितिले जनताहरुले पार्टीको बिकल्प खोजे जस्तो पनि देखिएको छ’ उनले भने ‘तर अझै आशा बाँकी छन जस्तो गरी मत पनि दिएका छन् । जनताले पार्टीहरुलाई अग्नि परिक्षामा राखेका छन् ।’
‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो,’ प्रधानमन्त्रीले भने, ‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र विस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्न प्रतिबद्ध छ ।’
प्रधानमन्त्रीले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवर्द्धन गर्नुपर्ने बताए । उनले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन। मैले क्याबिनेटको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु। सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसद्को सम्बोधनमा पनि त्यो कुरा प्रष्ट राखेको छु।’
प्रधानमन्त्री दाहालले हस्तकला निर्यात बढाउन सके विदेशी मुद्रा आर्जन गर्न सकिने पनि बताए । वाणिज्य मन्त्रालय र हस्तकला महासंघ बीचमा सहकार्य गरेर देशले राम्रो फाइदा लिन सिक्ने पनि प्रधानमन्त्री दाहालको भनाइ छ ।
‘प्रतिनिधि सभाको बनोट हेर्ने हो भने जनताले पुराना शक्ति र नेतृत्वप्रति निरासा पनि व्यक्त गरेका छन्। तर जनताले विवेक पुर्याउँदै निषेध पनि गरेका छैनन्,’ उनले भने, ‘जनताको दैनिकीलाई सहज बनाउन म अग्निपरीक्षामा छु। यो परीक्षा पास गर्नेपर्ने स्थिति छ।’
प्रतिनिधि सभाको परिणामले अहंकार देखाउने छुट कसैलाई नदिएको उनले बताए।
अर्थतन्त्रको संकट समाधान गर्न सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै केही निर्णय गरेको भन्दै उनले निजी क्षेत्रलाई विश्वारसमा लिएर मात्रै मुलुकले आर्थिक विकास गर्न सकिने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्