पोखरा २९ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा एमालेका २१, माओवादीका आठ र राप्रपाका दुई गरी ३१ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिए ।
ज्येष्ठ सदस्यका रूपमा प्रदेश सभाको अध्यक्षता गरेका एमाले सांसद मित्रलाल बस्यालले मतदानमा भाग लिएनन् ।
कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे भने स्वतन्त्र रूपमा निर्वाचित भई एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) अनुपस्थित रहे ।
अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा समर्थन जनाएका गुरुङले आज बिहान सामाजिक सञ्जालमार्फत सरकारसँग सहज बहुमत रहेकाले मत दिइरहन आवश्यक नरहेको बताएका थिए ।
केन्द्रमा सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार अधिकारी पाँच वर्षसम्म प्रदेशको मुख्यमन्त्री रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्