ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माछापुच्छ्रे बैंकको चौबीसौं वार्षिक साधारणसभा सम्पन्न, बैंकको खुद नाफा १.६८ अर्ब


ABC NEWS
३० पुस २०७९, शनिबार   ८ : १३   बजे

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष ०७८र७९ मा १.६८ अर्व खुद मुनाफा कमाउन सफल भएको छ । बैंकको आज काठमाडौमा सम्पन्न २४ औ साधारणसभामा प्रस्तुत गरिएको आर्थिक प्रतिबेदनमा बैंकको मुनाफा १.६८ अर्व पुगेको हो ।

साधारणसभामा प्रस्तुत प्रतिबेदनमा बैंकले आ. व २०७८-७९ मा १.६८ अर्ब खुद मुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको जनाइएको छ । आर्थिक प्रतिबेदन अनुसार सोहि अवधिमा बैंकको कुल निक्षेप रु १५०.१० अर्ब पुगेको छ भने कुल कर्जा रु १३१.२७ अर्ब पुगेको छ । यसका साथै गत आ.व बैंकले आफ्नो लगानी २३.०८ प्रतिशतले वृद्घि गरी रु २४.१३ अर्ब पुर्याएको छ । गत आ.वमा बैंकको निष्कृय कर्जा अनुपात १.०४ प्रतिशत कायम गर्न सफल भएको पनि बैंकले जनाएको छ ।

पहिलो पटक काठमाडौँमा आयोजना भएको बैंकको साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा.उपेन्द्र महतो, रोशन के.सी. र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित समते गरेको छ ।

साधारणसभामा बोल्दै बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले देशको आर्थिक स्थितीलाई मजबुत बनाउन बैंकको तर्फबाट यथासक्य योगदान पु¥याउने उद्धेश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा बृद्धि गरि कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले शेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराए । साथै महतोले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकरी गराउदै बैंक सधै परिणाममुखी मर्जर कालागि सकारात्मक रहेको र सोही बमोजिम छलफलहरु गर्दै आइरहेको जानकारी गराए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइरालाले माछापुच्छ्रे बैंकले हाल देशका सातै प्रदेशमा १६५ शाखा, १५७ शाखा रहित बैंकिङ्ग सेवा, २०६ एटिएम तथा १० एक्सटेन्सन काउण्टरको माध्यमबाट १४ लाखभन्दा बढि ग्राहकलाई सर्वसुलभ, अत्याधुनिक प्रविधियुक्त विश्वासनिय सेवा प्रदान गरिरहेको जानकारी गराए ।

उनले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिईरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवाप्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताए ।

साधारण सभामा संस्थापक एंव साधारण सेयरधनिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu