ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्याय गर्न नसक्ने अवस्था भए राजीनामा दिन्छु– गृहमन्त्री लामिछाने


ABC NEWS
३० पुस २०७९, शनिबार   ४ : ३८   बजे

 

काठमाडौँ ३० पुस । गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्याय गर्न नसक्ने अवस्था भए र त्यसमा कुनै कैफियत देखिए पदबाट राजीनामा दिने बताएका छन् । कुर्मी अपहरण र हत्या भएको आरोप लगाउँदै तेस्रो चरणमा काठमाडौंको माइतीघरमा १७ दिनदेखि सडक संघर्षमा रहेका महिलाहरूलाई भेटेर गृहमन्त्री लामिछानेले मुद्दाको गहिरो अनुसन्धानका लागि समय दिन आग्रह गरे ।

‘हामीले यो मुद्दामा काम गर्न सुरू गरेको दुई हप्तामात्रै हुँदैछ । अहिले काम गर्ने समय दिनुहोस् । यो टिमले फुलफेजमा काम गर्छ, यदि यसले काम गर्न सकेन भने अर्को चरणमा जाने कुरा हुन्छ । त्यसपछि न्यायिक आयोग बनाउनुपर्छ कि सार्वजनिकरुपमा अघि बढाउनुपर्छ, या त्योभन्दा अझै माथि जानुपर्छ,’ गृहमन्त्री लामिछानेले अघि भने, ‘अझ त्यहाँ मेरो भूमिकामा कुनै कैफियत देखियो भने मैले गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने हुन्छ, त्यहाँसम्म पनि जाउँला । तर पहिले एकपटक मलाई राम्रोसँग काम गर्न दिनुहोस् । यसअघि बिग्रिएको कामलाई सपार्ने समय दिनुहोस् ।’

मन्त्री लामिछानेले एकपटक आफूलाई विश्वास गर्न र कठ्यांग्रिदो चिसोमा सडक संघर्ष नगरेर घर फर्किन आग्रह गरे । ‘मुद्दामा कुन ढंगले अनुसन्धान अघि बढेको छ, हामीले त्यसलाई हेरिरहेको छौँ । अनुसन्धानमा यसअघि भएका कमजोरीहरूको अध्ययन गरेर त्यसलाई पनि सच्याउनुपर्नेछ । केस आफैँ जटिल छ । यसले धेरै समय लिँदाखेरि तपाईंहरूले दुःख पाउनुभएको छ । म तपाईंहरूलाई बिन्ती गर्न आएको छु, तपाईंहरू यहाँ बस्नु र नबस्नुले यसको अनुसन्धान प्रक्रियामा कुनै असर पर्दैन,’ मन्त्री लामिछानेले आन्दोलनरत महिलाहरूलाई आन्दोलन स्थगित गर्न आग्रह गर्दै भनेका छन्, ‘म यो सरकारको गृहमन्त्री भएको हिसाबले ग्यारेन्टी छ कि तपाईंहरू यहाँ बसे पनि, नबसे पनि यो मुद्दाको संवदेनशीलतालाई मैले बुझेको छु, कोही अपराधीलाई जो कोहीले पनि संरक्षण गरेको छ र त्यसको प्रमाण पाए भने संरक्षण गर्ने मान्छेलाई पनि कारबाही गर्छु । तपाईंहरू निर्धक्क हुनुहोला, तपाईंहरू घर जानुहोस् । बरू तपाईंहरूलाई पठाउने व्यवस्था के गर्नुपर्छ, म गर्छु ।’

मन्त्री लामिछानले आफू कुर्मीको मुद्दालाई लिएर दबाबमा रहेको समेत बताए । ‘म यसै पनि दबाबमा छु, तपाईंहरू यो चिसोमा कठ्यांग्रिएर नबसिदिनुस् । यो विषय आफैंमा संवेदनशील छ । यसमा तपाईहरू अरु जोडबल चाहिँदैन । म निर्धक्क भएर काम गर्छु,’ उनले भने, ‘तपाईंहरू यहाँ नबसे पनि न्याय पाउने कुरामा कुनै फरक पर्दैन, म डटेर लागेको छु ।’

गृहमन्त्री लामिछानले पटक पटक विश्वास दिलाउन चाहे पनि आन्दोलनकारी महिलाहरू भने आश्वास्त हुन सकिरहेका थिएनन् । मन्त्री लामिछानेले फेरि थपे, ‘तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु । तपाईंहरूले लालटिन बाल्नुभएको छ । सरकारले देखेन कि, बुझेन कि भनेर बाल्नुभएको छ । हामी त देशलाई नै उज्यालो बनाउन लागिपरेका छौँ ।’

उनले महिलाहरू घर नफर्किए आफू पनि छेऊमा बसेर आन्दोलनमा ऐक्यबद्धता जनाउने बताए । ‘म त तपाईंहरू जस्तै आन्दोलनमा सहभागी भएको मान्छे हुँ । म अहिले गृहमन्त्रीको हैसियतले यो वचनबद्धता जनाइरहेको छु । मुद्दाले लिने समय दिनुहोस् । हैन भने भन्नुस्, म पनि यही चिसोमा आएर बस्छु । तपाईंहरूलाई चिसोमा बसाएर मैले काम गर्न सक्दिनँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

सम्बन्धित

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैनः सांसद राणा

राष्ट्रिय गौरवका आयोजनाको लागत १३ गुणासम्म वृद्धि हुनु चिन्ताजनकः सांसद आचार्य

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu