ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा विमान दुर्घटनाप्रति रुस, भारत, चीन र अमेरिका लगायतका देशका सरकार प्रमुखहरुबाट दुःख व्यक्त


ABC NEWS
१ माघ २०७९, आइतबार   ८ : ५८   बजे

 

काठमाडौं १ माघ । पोखरामा आइतबार भएको भयानक विमान दुर्घटनामा परी चालक दलका सदस्यहरु सहित विभिन्न ७ देशका नागरिक सहित ७२ जनको निधन भएको घटनाबाट अन्तराष्ट्रिय स समुदाय पनि स्तव्ध भएको छ ।

यिमान दुर्घटनाप्रति रुस, भारत, चीन, पाकिस्तान र अमेरिका, अर्जेन्टिना र फ्रान्सले दुःख व्यक्त गरेका छन्।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना सन्देश पठाएका छन्। सन्देशमा उनले नेपाल र नेपाली जनतालाई समवेदना प्रकट गरेका छन्।

भण्डारीलाई पठाएको सन्देशमा उनले पुटिनले मृतकका परिवारजन र साथीप्रति सहानुभूति व्यक्त गरेका छन्।

भारतका विदेशमन्त्री एस जयंशकरले पोखरामा भएको विमान दुर्घटनाबाट आफू मर्माहत भएको ट्वीटमा उल्लेख गरेका छन्। उनले मृतक परिवारप्रति सहानुभूति व्यक्त गरेका छन्।नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

‘पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले म निकै स्तब्ध छु। यस दुःखद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ। मृतकहरुप्रति गहिरो समवेदना, शोक सन्तप्त परिवारहरुप्रति समवेदना प्रकट गर्न चाहन्छु’ ट्वीटमा उनले भनेका छन्।

पाकिस्तानको राष्ट्रिय सभाका सभामुख राजा पर्भेज अस्रफ र उपसभामुख जहिद अक्रम दुरानीले विमान दुर्घटनाप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

‘यो शोकको घडीमा पाकिस्तान नेपाली जनता र सरकारसँग ऐक्यबद्दता जनाउन चाहन्छ’ उनीहरुले ट्वीटमा भनेका छन्।

पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकको घडीमा पाकिस्तान नेपाली जनताको साथमा रहेको उल्लेख गरेको छ।

‘पाकिस्तान सरकार जहाज दुर्घटनामा अमूल्य जीवन गुमाउनेप्रति समवेदना व्यक्त गर्न चाहन्छ। दुर्घटनाप्रति हामी दुखित छौं। मृतकका परिवारप्रति हाम्रो साथ छ’ विज्ञप्तिमा भनिएको छ।

नेपालस्थित अमेरिकी दूतावासले ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।

‘हामी यो दुःखद घटनाप्रति दुखित छौं। हामीले घटनास्थल नियालिरहेका छौं। कुनै पनि अमेरिकी नागरिक परेको भन्ने जानकारी हामीलाई छैन। हामी यस घडीमा पीडित परिवारको साथमा छौं’ दूतावासले भनेको छ।

बर्सेनि विमान दुर्घटना :   नेपाली आकाश असुरक्षित हुँदै, कहिले कस्ता दुर्घटना भए ? 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group