काठमाडौँ १ माघ । पोखरामा भएको विमान दुर्घटनामा हराइरहेका यात्रुको खोजी कार्य आइतबार रातिलाई स्थगित गरी सोमबार बिहानैदेखि सुरु गरिने नेपाली सेनाले जानकारी दिएको छ । रातको समयमा सो कार्यलाई निरन्तरता दिन कठिन भएकोले भोलि बिहानैदेखि खोजी कार्य सुचारु गर्ने गरी फौज घटनास्थलमै रहेको नेपाली सेनाले जनाएको हो ।
आइतबार बिहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरलाइन्सको ब्त्च् ठद्द विमान अन्दाजी ११ बजे कास्की जिल्लाको पोखरा महानगरपालिका(१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । खबर प्राप्त हुनासाथ नेपाली सेनाको टोली घटना स्थलमा परिचालन भएको थियो । करिब २०० जनाको सङ्ख्यामा परिचालित फौजले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्