काठमाडौं १ माघ : सोमबार प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा हुने भनिएको भूकम्प दिवस कार्यक्रम स्थगित भएको छ।
सरकारले आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको एटिआर ७२ विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूको शोकमा नेपालभर सार्वजनिक बिदाको घोषणा गरेको छ।
सोमबार हुने भनिएको २५औँ भूकम्प सुरक्षा दिवसका औपचारिक कार्यक्रमहरू स्थगित भएका छन्। गृहमन्त्री एवं राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष रवि लामिछानेको अध्यक्षता बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्