काठमाडौं २ माघ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुने क्रम जारी छ। गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अुनसार सोमबार दिउँसोसम्म ३८ जनाको शव सनाखत भइसकेको छ।सनाखत भइसकेकाहरुको पोस्टमार्टम शुरु भइसकेको छ । पहिचान भएका शव गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
शवगृहमा राखिएकामध्ये पहिचान भएका र आफन्तहरू उपस्थित भएको शव पोखराबाटै बुझाउने तयारी छ।
गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सक भरत खत्रीका अनुसार पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालबाट २ जना चिकित्सकहरु पोखरा गएका छन् ।
पोखरा–७ घारीपाटन र पोखरा– १५ नयाँगाउँस्थित सेती नदीको खोचको अफ्ठ्यारो स्थानमा जहाज दुर्घटना भएकाले खोजी र उद्धारमा केही समस्या परेको हो ।
कास्की प्रहरीका निमित्त सूचना अधिकारी एवं निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार भेटिएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । अहिले शवको पहिचानको काम भइरहेको छ । ‘हालसम्म ३८ शवको पहिचान भइसकेको छ,’ खड्काले भने, ‘शवको पहिचानपछि पोष्टमार्टम सुरु हुनेछ ।’
कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार पोष्टमार्टम पछि शव आफन्तको जिम्मा लगाइनेछ । शव जिम्मा लगाउन शव बाहन र एम्बुलेन्स तयार पारिएको छ । पहिचान नभएका, विदेशी र काठमाडौंकाको शव हेलिकोप्टरमार्फत काठमाडौं पठाइने योजना रहेको केसीले बताए ।
१ निशान्त आचार्य
२ संगिता शाही
३ डा. सुशिल श्रेष्ठ
४ डा. सोना दिवाकर
५ रिहान पौडेल
६ सदाकत अलिमिया
७ लक्ष्मी पौडेल
८ प्रसिद्धी पौडेल
९ अरुण पौडेल
१० पूर्ण कुमार गुरुङ
११ यु कोजो
१२ विजयकुमार गुरुङ
१३ रचना काफ्ले पौडेल
१४ रकि गुरुङ
१५ डा. गणेश थापा
१६ लक्ष्मी परियार
१७ रिता परियार
१८ हरि परियार
१९ एसमेन गुरुङ
२० पुजन थापा
२१ सिर्जना हुन्चिङ
२२ त्रिभुवन पौडेल
२३ मोहन प्रकाश श्रेष्ठ
२४ जरुरिज लिङ
२५ एलिना
२६ जिवनकला गुरुङ
२७ जमुना शर्मा
२८ शालिकराम आचार्य
२९ डा सु
३० बन्दना सुनार
३१ सिता गुरुङ
३२ निरा छन्त्याल
३३ अनुशा गुरुङ
३४ शिवकुमार गुरुङ
३५ राजुसिंह ठकूरी
३६ अनिल शाही
३७ पास्तल एलेक्स मण्डल
३८ क्याप्टेन कमल केसी
प्रतिक्रिया दिनुहोस्