काठमाडौं २ माघ । लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ ।
२६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जाने निर्णयमा पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् ।
लोसपाका एक नेता भन्छन्, ‘सरकारमा जाने पक्का भएको छ, मन्त्रीको नामबारे निर्णय भइसकेको छैन ।’
प्रतिनिधिसभामा लोसपाका चार सांसद छन् । लोसपा स्रोतका अनुसार सो दलबाट शरद् सिंह भण्डारी मन्त्री हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्