काठमाडौं ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी ले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाएको छ । प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी सरकारमा जाने निर्णय भएको जानकारी दिए ।
जसअनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बन्ने भएका छन् । उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् भने चितवनका ठेकेदार रहेका ससांसद विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने भएका छन् ।
मकवानपुरका दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएको श्रेष्ठले जानकारी दिए ।
राप्रपा र रास्वपा एउटै सिक्काका दुई पाटा,महिलालाई दोस्रो दर्जा, मन्त्री सबै उच्च जातिय पुरुष
प्रतिक्रिया दिनुहोस्