ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेसको सभामुखमा एमालेका मण्डल निर्वाचित, लोसपा समेत ८ दलको समर्थन


ABC NEWS
३ माघ २०७९, मंगलबार   ५ : ४३   बजे

 

जनकपुर ३ माघ । मधेस प्रदेशको सभामुखमा एमालेका सांसद रामचन्द्र मण्डल निर्वाचित भएका छन् । मण्डललाई सत्ता गठबन्धनका ८ दलको समर्थन छ। उनलाई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले पनि मत दिएका थिए ।

 

धनुषा क्षेत्र नं.१ को २ बाट प्रदेशसभामा दोस्रो कार्यकालका लागि निर्वाचित मण्डल ७४ मत पाएर सभामुखमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका जंगीलाल रायले २९ मत पाए । रायलाई कांग्रेस र नेकपा ९एस० का सांसदहरुले मत दिए।

१ सय ७ जना सांसद रहेको मधेस प्रदेशसभाको मंगलबारको बैठकमा १ सय ३ जना सांसदको उपस्थिति थियो । सभामुखमा एमालेका मण्डललाई निर्वाचित गर्न माओवादी९केन्द्र०का संसदीय दलका नेता भरतप्रसाद साहले प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमा एमालेका संसदिय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव र जसपाका सांसद रामआशिष यादवले समर्थन जनाएका थिए ।

यस्तै, कांग्रेसका सांसद जंगीलाल रायलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव कांग्रेसका सांसद कुमरकान्त झाले प्रदेशसभाको बैठकमा पेस गरेका थिए भने कांग्रेस सांसद जिवछीकुमारी यादवले समर्थन जनाएकी थिइन् ।

को हुन् मण्डल ?

मधेस प्रदेशको सभामुखमा निर्वाचित भएका मण्डल प्रदेशसभाको पहिलो कार्यकालमा माओवादी९केन्द्र०बाट निर्वाचित भएका थिए ।
अध्यापन पेशामा रहेका मण्डल माओवादीको जनयुद्धकालमा भूमिगत भएका थिए । माओवादीको धनुषा जिल्ला नेतृत्वसमेत सम्हालिसकेका मण्डल नेकपा विभाजन हुँदा एमालेमै बसिरहे । त्यसपछि उनलाई माओवादी९केन्द्र०ले प्रदेशसभा सांसद पदबाट निलम्बनसमेत गरेको थियो । प्रदेशसभाको दोस्रो कार्यकालमा मण्डल एमालेबाट उम्मेदवार भएर चुनाव जितेका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group