काठमाडौँ ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिने १० दलको सर्वदलीय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डोकेका छन् ।
बैठकमा राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको को सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने राजनीतिक दलका साथै तीन जना स्वतन्त्र सांसदहरूलाई बैठकमा बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । उनको प्रस्तावमा मतदानमा सहभागी २७० सांसदमध्ये २६८ जनाले पक्षमा मत दिएका थिए । प्रधानमन्त्री ले मंगलबार मात्रै मन्त्रिपरिषद् समेत विस्तार गरेर २३ सदस्यीय बनाएका छन् ।
मन्त्रिपरिषद् विस्तारमा मन्त्रालय चित्त नबुझेको भन्दै जसपा सहभागी भएन भने मन्त्रलायमा चित्त नबुझाएर जनमत पार्टीले असन्तुष्टी जनाएको छ ।
बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक छन्। यस्तै नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल छन्।
यस्तै बैठकमा एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रबि लामिछाने छन्।
यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान छन्। यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन्।
यसअघि प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गरेका छन्।
टिम प्रचण्ड :२३ मा नौ नयाँ अनुहार, गणतन्त्रवादी र राजावादीको बेजोड संयोजन
प्रतिक्रिया दिनुहोस्