ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन मन्त्री किरातीले भने – ‘खादा–मालाको पैसा दान गर्नू, मन्त्रालयका कुनै सामान फेर्न पर्दैन, मितव्ययी बन’


ABC NEWS
३ माघ २०७९, मंगलबार   ७ : ३९   बजे

काठमाडौं ३ माघ । नवनियुक्त पर्यटनमन्त्री सुदन किराती शितल निवासमा शपथ लिएसँगै पार्टी कार्यालय पेरिस डाँडामा पुगेर शहीदलाई माल्यार्पण गरेर मात्र मन्त्रालय आएका थिए ।

मन्त्री किरातीलाई मन्त्रालयका सचिव सहितका कर्मचारीले उनलाई आसनका लागि कुर्सीतर्फ अनुरोध गरे पनि उनी बसेनन् ।

मन्त्री किरातीले सचिवसँग एकछिन गोप्य कुरा गरे ।

मन्त्री किरातीले पर्यटन मन्त्रालय र यस मातहतका निकायको १० प्रतिशत दरबन्दी कटौती गर्ने प्रस्तावमा हस्ताक्षर गरे । अब यो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्‍मा जानेछ ।

‘मन्त्रालय जहाज हो, म ककपिटमा छु’

मन्त्री किरातीले मन्त्री हुनुको श्रेय जन्मदिने बुबाआमादेखि यो भूमिकामा पुर्‍याउने नेकपा माओवादी पार्टी रहेको स्मरण गरे। उनले पर्यटन मन्त्रालयलाई जहाजको संज्ञा दिए र आफू जहाजको ककपिटमा रहेको बताए । ‘जहाजको ककपिटमा म बस्ने भएपनि इन्जिनहरु त सचिवज्यू लगायत कर्मचारी नै हो,’ उनले भने, ‘हामीले जहाज एकैचोटी स्टार्ट गर्ने छैनौं, जहाज चेक गर्नेछौं, गन्तव्य निर्धारण गर्नेछौं र त्यसपछि मात्र जहाजलाई स्टार्ट गर्नेछौं ।’

मन्त्री किरातीले कर्मचारीलाई पहिलो सन्देश दिए, ‘नातागोता र सोर्सफोर्सबाट कोही व्यक्ति आउँछ भने त्यो मबाट हुँदैन ।’ जातीय, क्षेत्रीय र लैङ्गिक हिसाबले भेदभाव नगर्ने भन्दै उनले कार्य सम्पादनका आधारमा कर्मचारीको मूल्यांकन हुने बताए ।

मन्त्री किरातीले आइतबार पोखरामा भएको जहाज दुर्घटनाको छानबिन गर्न गठित जाँच आयोगलाई काम गर्न सहज वातावरण बनाउने बताए । हवाई सुरक्षामा कडाइ गर्न सबै सरोकारवालासँग सहकार्य गर्दै यस क्षेत्रलाई जोखिममुक्त बनाउन पहल गर्ने पनि उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुसँग नेपालको हवाई सुरक्षाका विषयमा आजैदेखि छलफल थाल्ने पनि मन्त्री किरातीले बताए । ‘के कारणले यति ठूलो दुर्घटना भयो, नेपाली आकाश किन सुरक्षित छैन, विश्वमा आज किन नेपालको आकाशप्रति शंका गर्छन्’, उनले भने, ‘मापदण्डलाई किन पुरा गर्न सकेका छैनौं, भन्नेबारे जानकारी लिदैछौं ।’

खादाको पैसा दान लिने

पर्यटनमन्त्री किरातीले आफूलाई बधाई दिन आउनेहरुलाई खादा र माला नलिई आउन आग्रह गरे । त्यसको साटो अब मन्त्री निवास र आफ्नो कार्यकक्षमा सहयोग पेटिका राख्ने घोषणा उनले गरे ।

‘खादा, माला, फूल किन्ने पैसालाई संकलन गर्न हामी एउटा सहयोग पेटिका बनाउँछौं,’ उनले भने, ‘यो रकम दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्यमा लगानी गर्नेछौं, मेरो तर्फबाट एक महिनाको सुविधा यहाँ लगाउने छु, मेरो सचिवालयको तर्फबाट १५ दिनको सुविधा दिन लगाउने घोषणा गर्छु ।’

मन्त्रालयका कुनै पनि चिज ९पर्दा, कुर्सी, कार्पेटतर्फ संकेत गर्दै० नफेर्न समेत उनले कर्मचारीसँग आग्रह गरे । मुलुकको अर्थतन्त्र दर्दनाक रहेको भन्दै जे छ, त्यसमै काम चलाउन समेत मन्त्री किरातीले आग्रह गरे ।

मन्त्री किरातीले पर्यटन मन्त्रालय, मातहतका निकाय र देशभरका सबै कार्यालयको शौचालय मन्त्रीको जस्तै बनाउन निर्देशन दिए । काम गर्ने वातावरण राम्रो हुनुपर्ने भन्दै उनले शौचालय सफा हुनुपर्ने बताए । मन्त्रालयका विसंगती हटाउने उनको प्रतिबद्धता छ ।

‘सम्पदालाई प्रकृतिसँग जोड्ने अभियान चलाउँछु’

मन्त्री किरातीले पर्यटन प्रबर्द्धनको अभियान चलाउने बताए । सम्पदालाई प्रकृतिसँग जोड्ने र प्रकृतिलाई मानवसँग जोड्ने गरी अभियान चलाउने उनको भनाइ छ ।

केही ठाउँमा पाइलट प्रोजेक्टका रुपमा यस्तो काम सुरु गर्ने उनले बताए । यो सांस्कृतिक पर्यटनको अवधारणा हुने उनको भनाइ छ । नेपालमा रहेका र विश्वले फोटोकपी गर्न नसक्ने तीनवटा सम्पदालाई सम्बर्द्धन र विकास गर्ने आफ्नो योजना रहेको उनले बताए ।

नेपाल वायुसेवा निगमबारे भने ठूलो चूनौती रहेको उनले स्वीकार गरे । नेपाल एयरलाइन्सको सुधारबारे सरोकारवालासँग सल्लाह गरेर निर्णय लिने उनले बताए ।

‘निगमको परिस्थिति हेर्दा हात्तीको घोडा धेरैले चढे, बाघको घोडा चढेजस्तै अनुभूति मैले गरेको छु, यसलाई हामी सम्पूर्ण शक्ति लगाएर नेपालको जहाज ध्वजाबाहकलाई गौरवमय बनाउने छौं’ किरातीले भने ।

उनले पशुपतिनाथ, लुम्बिनी र सगरमाथालाई प्रबर्द्धन गर्न प्राथमिकता दिने पनि बताए ।

उनले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको गेमचेन्जर आयोजना भएको पनि बताए । ‘यो जरुरी छ, यसलाई तीव्र गतिमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सम्पूर्ण बल लगाउने छौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group