ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा. सन्दुक रुइतले गरेका अपेक्षालाई राज्यले सउच्च सम्मानपूर्वक लिन्छ : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS
५ माघ २०७९, बिहिबार   १० : १२   बजे

 

काठमाडौं ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इसा अवार्ड जितेका वरिष्ठ नेत्र चिकित्सक डा। सन्दुक रुइतले राज्यसँग गरेका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका छन्।

प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेकोमा बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ।’

अवार्ड घोषणापछि बुधवार तिलगंगा आँखा अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुइतले यो अवार्डलाई कसरी लिन्छ भन्ने बारेमा आफूले ध्यान दिइरहेको पनि बताएका थिए।

प्रधानमन्त्री प्रचण्डले राज्यसँग रुइतले गरेका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका छन्। ‘राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।’ प्रचण्डले भनेका छन्।

इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा। रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहेका छन्।

तर, त्यसबारे भने आफू इच्छुक नभएको उनले बताएका छन्। ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस्। हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छु, उनले भने, ‘भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ। तर यो मेरो लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु।’

आँखाको ज्योति गुमाएका एक लाख ८८ हजारलाई सुन्दर संसार देखाउन सफल यी डाक्टरलाई मंगलबार विश्वप्रसिद्ध इसा अवार्डले सम्मान गर्ने घोषणा गरिएको हो।

बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ का लागि १ सय ४९ संस्थाको नाम छानिएको थियो। तर, १० लाख अमेरिकी डलर ९१३ करोड रुपैयाँ को अवार्ड डा। रुइतले पाएका छन्।

नेपालमा डा रुइतको टिमले बनाइरहेको आँखाको लेन्स अहिले वर्षमा तीन लाख जति विदेश पठाइन्छ। तर अब त्यसलाई बढाएर वर्षमा १० देखि १५ लाख पठाउने योजना उनको छ।

इसा अवार्ड पाउँदा जीवनको एउटा तपस्या सफल भएको ठाने डा.सन्दुक रुइतले

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group