ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुखमा निर्वाचित देवराज घिमिरे : झापा विद्रोहदेखि संसदसम्म


abc tv
५ माघ २०७९, बिहिबार   ३ : ५४   बजे

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाको सभामुखमा झापा अर्जुनधारा–६ का देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।

सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत  र विपक्षमा १०० मात्र मत र मत दिन्न भन्नेमा १ मत परेको छ ।

१६७ मत पाएसँगै घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको ज्येष्ठ सदस्य राणाले जानकारी दिए । घिमिरेको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।

घिमिरे निर्वाचित भएसँगै न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नु नपर्ने ज्येष्ठ सदस्य राणाले जानकारी दिए । न्यौपानेलाई कांग्रेस, एकीकृत समाजवादी, लोसपा, जनमोर्चाको समर्थन थियो ।

नेमकिपाले सभामुखका दुवै उम्मेदवारलाई मत दिन्न भन्नेमा मत दिएको छ ।

को हुन् नवनिर्वाचित सभामुख देवराज घिमिरे ?

नाम : देवराज घिमिरे
ठेगाना : अर्जुनधारा नगरपालिका वडा नम्बर ६, झापा
जन्मस्थान : सिरिजंघा गाउँपालिका वडा नम्बर ३ सिकैचा, ताप्लेजुङ
जन्ममिति : २०१३ साल जेठ १३ गते
बुवाको नाम : पदमप्रसाद घिमिरे
आमाको नाम : भिमकुमारी घिमिरे
वैवाहिक स्थिति : विवाहित
श्रीमतीको नाम : टिकादेवी बस्नेत (घिमिरे)
शैक्षिक योग्यता : स्नातक

बाल्यकाल र शैक्षिक अवस्था

ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका वडा नं ३ मा बुबा पदम प्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको कोखबाट १२ जना छोराछोरीमध्ये माइलो छोराको रुपमा वि.सं. २०१३ साल जेठ १३ गते देवराज घिमिरेको जन्म भएको थियो । निम्न मध्मम परिवारमा जन्मिएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट वि.सं.२०२९ सालमा एस.एल.सी उत्तीर्ण गरे । उनले धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आई.ए. र त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातक अध्ययन गरेका छन् ।

राजनीतिमा प्रवेश

वि.सं. २०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका हुन् । २०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटिएका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरे ।

राजनीतिक जिम्मेवारी

२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक ीिवनमा पाएका जिम्मेवारीहरू :

–    २०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक,
–    २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख,
–   २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरण पछि सम्पन्न नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य,
–   २०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज,
–      २०५८ सालमा केन्द्रीय विभाग अन्र्तगत स्वास्थ्य विभागको इन्चार्ज । त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्ज,
–      २०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्ष,
–   २०७८ सालमा सम्पन्न नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज,

(भूमिगत राजनीतिमा पञ्चायती शासकले उहाँको राजनीतिक गतिविधि नियन्त्रणका लागि पटक पटक पक्राउ पूर्जी जारी गरेको)

मोर्चाको जिम्मेवारी
–   २०५६ सालमा राष्ट्रिय सभा सदस्य,
–   २०७९ मा प्रतिनिधि सभा सदस्य ।

राजनीतिक त्याग र सफलता
–     भूमिगत कालमा २०३५ साल देखि २०४६ साल सम्म संगठन र नेतृत्व गरेका जिल्लाहरु तेह्रथुम, पाँचथर र इलाम आजसम्म कम्युनिष्टको मजबुत संगठन सहितको किल्लाको रुपमा स्थापित भएका छन् ।
–   २०४८ सालमा भएको आम निर्वाचनमा इलाम जिल्लामा आपफू पाएको टिकट अर्को नेतालाई प्रदान गरेर पार्टीको जीत निश्चित गर्न गरेको त्यागको परिणाम आजसम्म पार्टी लगातार विजयी भएको छ ।
–   २०५४ सालमा मेची अञ्चल इन्चार्ज भएको बेला सम्पन्न स्थानीय चुनावमा मेची अञ्चलका सबै जिल्ला विकास समिति र तीन चौथाइ भन्दा बढी स्थानीय तहहरुमा पार्टी जिताउन सफल ।
–   प्रदेश नं एक इन्चार्ज भएको बेला २०७९ सालमा सम्पन्न स्थानीय चुनावमा प्रदेश नं एकमा पाँचदलीय गठवन्धनको घेरा तोड्दै कुल ५८६४ जनप्रतिनिधि मध्ये सबैभन्दा धेरै २६८५ प्रतिनिधिहरु नेकपा एमालेबाट विजयी गराउन सफल ।
–      २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रत्यक्ष तथा समानुपातिक दुवै चुनावमा प्रदेश नं १ मा नेकपा एमाले पहिलो दल बनाउन सफल
–     २०७९ सालको चुनावमा हाल सम्मको इतिहासमा कहिल्यै नजितेको सोलुखुम्वु जिल्लामा ५ दलीय गठबन्धनलाई हराउँदै नेकपा एमालेलाई विजयी गराउन सफल ।
–      पहिलो पटक झापा क्षेत्र नं २ बाट उम्मेदवार बन्दा पाँचदलीय गठवन्धन स्वतन्त्र लगायत सबैको घेरा तोडेर प्रतिनिधि सभा तथा प्रदेश सभाका दुवै स्थानमा सानदार जीत निकाल्न सफल ।
–      मदन भण्डारी फाउण्डेसनको कार्यालय प्रमुख भएर फाउन्डेसनको विस्तार र विकास

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group