ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले विश्वासको मत दिएर प्रमुख प्रतिपक्षी बस्ने राजनीतिक तथा नैतिक आधार गुमाएको एमालेको आरोप (भिडियोसहित)


एबीसी न्यूज
७ माघ २०७९, शनिबार   २ : २३   बजे

काठमाडौं, ७ पुस । प्रतिनिधिसभा संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक रेकर्ड राख्दै संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ विश्वासको मत प्राप्त गरेका थिए । मंसिरको निर्वाचनपछि संसदको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे एक सय ६७ मतले निर्वाचत हुदा घिमिरेका प्रतिस्पर्धी नेपाली कांग्रेस र एकीकृत समाजवादीका साझा उम्मेदवार ईश्वरीदेवी न्यौपानेले सय मत प्राप्त गरिन् । सत्ता गठबन्धनको प्रष्ट बहुमत भएपछि यसअघि प्रतिपक्षमा बस्ने निर्णय गरेको कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षी बस्ने राजनीतिक तथा नैतिक आधार गुमाएको छ । सबैको साझा हुनुपर्ने सभामुख पदमा चाहि प्रतिस्पर्धा गर्नुले कांग्रेस उल्टो हिडेको देखिएको छ ।

सरकार सत्तारुढ पक्षको र संसद प्रतिपक्षीको हो भन्ने मान्यता रही आएको छ । प्रतिपक्षी भनेको आफैंमा वेटिङ इन गभर्मेन्ट हो । संविधानको धारा ७६ को ३ अनुसार अहिलेको सरकार तलमाथि भए संसदको सबैभन्दा ठूलो दल बनेकाले नेपाली कांग्रेसकै सरकार बन्छ । तर, प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख प्रतिपक्षी दल बन्ने राजनीतिक र नैतिक आधार गुमायो । यद्दपि, विश्वासको मत दिएपनि आफूहरु प्रतिपक्षमा बस्ने कांग्रेसले जनाएको छ । त्यसो त, यसअघि र पाँच दलको गठबन्धन ताकादेखि नै कांग्रेसले गरेका निर्णयहरुको पार्टीको आन्तरिकरुपमा आलोचना हुदै आएकोमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयको पनि फरक–फरक कोणबाट टिप्पणी भएको छ । यससँगै संसदमा निरन्तर प्रतिपक्षीको रुपमा बस्दै आएको नेपाल मजदुर किसान पार्टीले आफू सबैभन्दा ठूलो प्रतिपक्षी भएको दाबी गरेका छन् ।

प्रतिस्पर्धा गर्नुपर्ने पदमा प्रतिस्पर्धा नगरेर साझा हुनुपर्ने सभामुख पदमा प्रतिस्पर्धा गरेको सन्दर्भमा कांग्रेस सुल्टो या उल्टो कुन बाटोमा हिडेको छ ? भनेर पनि अहिले नेताहरुबीच छलफल भएको छ । यसमा पनि प्रत्यक्षमा दोस्रो र समानुपातिकमा पहिलो बनेको दल नेकपा एमालेमा अविश्वास बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोमा पटक–पटक आशंका व्यक्त गर्दै आएका छन् । यिनै विषयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कुनै ढ्वास्को नथापेको बताएका छन् ।

प्रमुख प्रतिपक्षीले कुनै ढ्वास्को नथापेको बरु, एमालेको यसखाले अभिव्यक्तिले प्रधानमन्त्रीलाई पिजँडामा राख्न खोजिएको शर्माले बताए । शर्माको प्रतिउत्तरमा एमाले अध्यक्ष ओलीले यस विषयको कुरा संसदमा सुनिएको बताए । उनले मानव समाज विभिन्न अदृश्य बन्धनहरु सामाजिक, नैतिक, प्रचलन, धर्म र संविधानको बन्धनबाट बाँधिएको उल्लेख गर्दै फुक्काफाल मन पराउने, जसो गर्दा पनि हुने भन्ने प्रवृत्ति ठीक नहुने बताए । उनले सरकारको उच्चस्तरीय संयन्त्र बनाउने कुरा संविधानमा नभएको भन्दै थिति र प्रणालीमा चल्नुपर्ने तर बेलगाम चल्न नहुने बताए । एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउने र यसमा राष्ट्रिय सहमति हुने जनाएको छ ।कांग्रेस नेता चन्द्र भण्डारीले यसअघिको गठबन्धन फुटाउने मिसन सभामुख भएको बताए । गठबन्धन बनाउने, भत्काउने मिसन राष्ट्रपतिसम्मै जानसक्ने उनको आशय छ ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने बताएका छन् । संसदमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुखको निर्वाचन बहुमतबाट घोषणा भएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री प्रचण्डले संसदमा उपस्थित २७० मध्ये २६८ अर्थात् झण्डै शतप्रतिशत मत प्राप्त गरेका थिए । सभामुखमा भने कांग्रेस र एकीकृत समाजवादीले साझा उम्मेदवारको रुपमा ईश्वरीदेवी न्यौपाने उठाएको थियो । दलहरु संसदीय अभ्यास र राजनीतिक आस्था, विचार र निष्ठाभन्दा सत्तार शक्ति बाँडफाँडमा मात्रै केन्द्रीत हुदा आफ्नो सीमा र कर्तव्य उनीहरुले यतिबेला भुल्न पुगेका छन् । अहिलेको गठबन्धन तलमाथि भइहाले पुनः सत्तारोहण गर्ने ध्ययमा कांग्रेस छ । वाम गठबन्धन र सरकारको कुरा फेरी पनि दोहोरियला तर, गठबन्धन राजनीतिक जुनसुकै र जतिबेला पनि कसको हातमा पर्ने भन्ने विषयले स्थीर राजनीतिको संकेत गरेको छैन । यसर्थ, सबै कुरालाई ध्यान राखेर अघि बढ्न सक्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मिडियाको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

सम्बन्धित

मिडियाको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण

अमेरिकी बमबारीपछि इरानको प्रतिकारात्मक आक्रमण, बहराइन, कुवेत, ओमान र जोर्डनमा अमेरिकी सैन्य अड्डा लक्षित भएको दाबी

शक्ति प्रदर्शनको अनौठो शैली : नागरिक, व्यवसाय र प्रेससँग बढ्दो दूरी

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu