काठमाडौं ७ माघ । नेकपा माओवादी केन्द्र र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकताका लागि आ आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार पार्ने सहमति भएको छ ।
दुवै पार्टीका वार्ता टोलीबीच भएको पहिलो छलफलपछि दुवै पार्टीको विधान,प्रतिवेदन लगायतका दस्ताबेज आदान प्रदान गर्ने सहमति भएको नेसपाका वार्ता टोली संयोजक गंगा श्रेष्ठले बताए ।
नेसपाले यसअघि नै माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिइसकेको छ । दुवै पार्टीबीच एकताको सहमति भइसकेको छ । माघ १० गते अर्को बैठक बसेर टुंगो लगाइने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्