ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गृहमन्त्रीजी संसद र जनतालाई मुर्ख बनाउने दुस्साहस नगरेको राम्रो’ : कांग्रेस


ABC NEWS
७ माघ २०७९, शनिबार   २ : ५२   बजे

 

काठमाडौं ७ माघ । नेपाली कांग्रेसले सांसद रामहरी खतिवडाले गृह मन्त्रालयले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई लेखेका पत्र सार्वजनिक गरेकोप्रति आपत्ति जनाएको छ ।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको शैलीप्रति आपत्ति जनाएका हुन्। गृह मन्त्रालयले शुक्रबार साँझ मात्रै एक विज्ञप्ति जारी गरेर पटक पटक आग्रह गर्दापनि प्रहरीले सांसद महतोलाई पक्राउ नगरेको भन्दै ध्यानाकर्षण जनाएको थियो।
तिवडाले सरकारले सस्तो लोकप्रियताका लागि कुनै पनि काम नगर्न र नलोभिन ध्यानाकर्षण गराएका छन् । उनले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गर्न माग गरिएकोमा गृहमन्त्री रवि लामिछानेले उनलाई पक्राउ गर्नुको सट्टा विज्ञप्तिबाजी गरेको भन्दै त्यो अपराध अनुसन्धानको आचारसंहिता विपरीत हुने समेत बताए ।

सो विषयमा आपत्ति जनाउँदै सांसद खतिवडाले प्रश्न गरेका छन्, ‘प्रहरीलाई लेखेको सूचना सार्वजनिक गर्ने हो भने गोपनियताको हक कहाँ रहने भयो ?

‘फरार’हरू समातिन्छन् मात्र होइन, फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ ? गृहमन्त्री लामिछाने

साथै, मन्त्रालयले शुक्रबार निकाले उक्त विज्ञप्ति जनतालाई नाटकको रुपमा प्रस्तुत गरेको टिप्पणी गरे्का छन्। ‘जनता र संसदलाई मुर्ख बनाउन नखोजियोस्,’ खतिवडाले भने।
उनले गृहमन्त्री लामिछानेले अपराधीलाई पक्राउ गर्नुको सट्टा सस्तो लोकप्रियताका लागि विज्ञप्तिबाजी गरेको आरोप लगाए । ‘जे काम हो, त्यो गरौँ । सस्तो लोकप्रियताका लागि विज्ञप्तिबाजी र मिडियाबाजीमा नलागौँ, म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ खतिवडाले भनेका छन्, ‘जनताको माझमा अर्को नाटक, प्रहसन नगरौँ । जनतालाई मुर्ख बनाउने काम नगरियोस् । गृहमन्त्रीले अपराधीलाई पक्राउ गर्न लगाउने हो, अपराध अनुसन्धान आचारसंहिताको विरुद्व विज्ञप्तिबाजी गर्न मिल्दैन ।’

उनले प्रेस विज्ञप्ति निकादै जाने परम्परा सुरु भएको उनले संवेदनशिल विषयमा केटाकेटीपन प्रदर्शन भएको पनि बताए।

‘प्रेस विज्ञप्ति निकालेर खोज्दै जाने परम्पराको सुरुवात भएको छ। यो गृहमन्त्रालयको पदबहाल गर्नुभएका धेरै सांसदहरु यहाँ हुनुहुन्छ,’ सांसद खतिवडाले भने, ‘गृह मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा प्रेस विज्ञप्तिबाट अपराधी खोज्दै जाने हो भने मुलुक कहाँ जान्छ ? गृहमन्त्री बाल केटाकेटीपनको प्रदर्शन गर्नु भएन ? के देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनलाई टेर्न छाडेको हो ? के अझैपनि जनतालाई ढाट्न यो सूचना प्रकाशित गरिएको हो ? सुत्न गएका कर्मचारीलाई बोलाएर विज्ञप्ति निकाल्न लगाएर अपराधी पक्रन सकिन्छ ?

 

‘मिडियाको हेडलाइन बदल्न सक्दिन’ : गृहमन्त्री लामिछाने

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group