अछाम, ११ माघ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विकास निर्माणका कार्यमा ढिलाईसुस्ती गर्नेलाई कार्वाही गर्ने बताएका छन् । आफ्ना मतदातालाई भेटन अछाम पुग्नु भएका रावलले साँफेबगरमा पत्रकारहरुसंग कुराकानी गर्दै वर्तमान सरकारले विकास निर्माणमा ढिलाईसुस्ती गर्नेमाथि कुनै कार्वाही नगर्दा कर्मचारी र ठेकेदारको मनोवल वढेको जिकिर गरे ।
उनले अछामको समृद्धिको लागि एमाले नेतृत्वको सरकारले अघि सारको सेती लोकमार्ग, वुढीगङ्गगा जलविद्युत आयोजना तथा साँफेबगर नमूना शहरको काम अघि बढ्ने दावि गरे ।
उपाध्यक्ष रावलले विगतमा राजनीतिक संक्रमणका कारण विकास निर्माण कार्य अघि बढ्ने नसकेपनि अव विकास निर्माणका कार्यले तिव्रता पाउने बताए ।
एमाले उपाध्यक्ष रावल निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला अछाम आएका छन् । उपाध्यक्ष रावल मतदातालाई भेटघाट गर्नको लागि अछाम आएको नेकपा एमालेले जनाएको छ । एमाले उपाध्यक्ष रावल क्षेत्र नं.१ र २ मा मतदातालाई भेटघाट गर्न कार्यक्रम रहेको एमाले अछामले जनाएको छ ।
एबीसी रिर्पोटर एकेन्द्र महता
प्रतिक्रिया दिनुहोस्