ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ नयाँ वर्ष मनाइरहेकामाथि गोली प्रहार हुँदा कम्तीमा १० जनाको मृत्यु


abc tv
८ माघ २०७९, आइतबार   ४ : २३   बजे

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा आइतवार भीडमाझ अन्धाधुन्दा गोली चलाउँदा कम्तीमा १० जनाले ज्यान गुमाएका छन्।

समाचारअनुसार चिनियाँ नयाँ वर्षको उत्सव मनाइरहेका बेला यो घटना भएको हो।

यो गोलीबारी मोन्टेरी पार्क इलाका भएको हो। केही खबरअनुसार यो घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

तर पुलिसले यसबारेमाा विस्तृत केही खुलाइसकेको छैन। केही सामाजिक सञ्जालमा यो मामिला रंगभेदबाट सुरु भएको हत्यासम्म पुगेको हो। यहाँ स्थानीयबासी र एसियालीमूलका समुदायबीच विवादपछि सामूहिक नरसंहारसम्म पुगेको हो।

एक समाचारअनुसार मारिनेहरुमा एक महिला र उनका ६ महिनाका शिशु पनि छन्। यसका अलावा १७ वर्षीय चिनियाँमूलका युवक पनि मारिएका छन्। यसबारे पुलिसले औपचारिक भनाइ सार्वजनिक गर्दैछ।

स्काई न्युजले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार घटनाका बेला ठूलो आवाजमा गीत बजिरहेको थियो।

ठूलो आवाजको संगीतबीच गोली चल्दा मानिसहरुले आतिशबाजी भइरहेको सम्झेका थिए। तर केही बेरमा घाइते मानिसहरु भागेको देखेपछि घटना खुलेको थियो।

पुलिसका अनुसार घटनाका बेला कयौँ हजार मानिस एकै ठाउँ थिए। यसकारण मारिनेको संख्या अझै बढ्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu