ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमुख प्रतिपक्षी कांग्रेस कि नेमकिपा ? यस्तो छ संवैधानिक आधार


एबीसी न्यूज
९ माघ २०७९, सोमबार   ८ : ३१   बजे

काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी दलमा कांग्रेस र मजदुर किसान पार्टी (नेमकिपा) ले दाबी गरेपछि यसको निर्णय सभामुखले गर्नुपर्ने भएको छ । कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवासुविधा माग गर्दै सङ्घीय संसद् सचिवालयमा निवेदन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख प्रतिपक्षी दल हो वा होइन भनेर प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख प्रतिपक्षी दल भएको दाबीसहित सेवासुविधा माग गरेको हो । यसअघि नेमकिपाले पनि आफूलाई विपक्षी दलको मान्यता दिन सभामुखलाई निवेदन दिइसकेको छ ।

संविधानविद् र राजनीतिक विश्लेषकहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पार्टी विपक्षी दल हुन नसक्ने भएकाले कांग्रेसले प्रमुख प्रतिपक्षी दाबी गर्नु संवैधानिक, नैतिक र व्यावहारिक रुपमा नमिल्ने बताउँदै आएका छन् । तर कांग्रेसले भने आफू नै प्रमुख प्रतिपक्षी भएको दाबी गर्दै आएको छ ।

यसअघि प्रतिनिधि सभा बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपा विपक्षी दल भएको भन्दै आफूलाई विपक्षी दलको नेता तोक्न माग गरिसक्नुभएको छ । प्रतिनिधि सभामा नेमकिपाबाट उहाँ एक जनामात्र सांसद हुनुहुन्छ । संसद् प्रमुख प्रतिपक्षी दल हुनका लागि सरकारमा र सरकार निर्माणका लागि हुने मतदान प्रक्रियामा समेत सहभागी नभएको संसद्को सबैभन्दा ठूलो दल हुनुपर्ने तथा दलको संसदमा १० प्रतिशत सांसद हुनुपर्ने व्यवस्था छ ।

१० प्रतिशत सांसद नभएको अवस्थामा दलहरुले सहमतिको आधारमा या सभामुखले प्रमुख प्रतिपक्षी तोक्नुपर्ने हुन्छ । संसदमा को प्रमुख प्रतिपक्षी दल भन्ने विषयमा सभामुख र संसद् सचिवालयबाट निर्णय भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणगढ–मुग्लिन सडकमा ढुङ्गा खस्यो, एकतर्फी मात्रै यातायात सञ्चालन

बजारमा पुनः एलपी ग्यास अभाव, उपभोक्ता मारमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu