ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् सचिवालयले भन्यो – कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिइएको छैन


एबीसी न्यूज
१० माघ २०७९, मंगलबार   १२ : ०१   बजे

काठमाडौं, १० माघ ।  नेपाली कांग्रेसले प्रतिपक्षी दलको मान्यता पाएको भन्दै सोमबार समाचार बन्यो । संसद् सचिवालयले कांग्रेस संसदीय दललाई विपक्षी दलको नेताले पाउने सेवा सुविधाबारे दिएको जानकारी पत्रलाई आधार बनाएर कांग्रेसले प्रतीपक्ष दलको मान्यता पाएको भनियो । तर, संसद् सचिवालय स्रोतका अनुसार कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिइएको होइन । ‘विपक्षी दलको नेताले पाउने सेवा सुविधाबारे जानकारी दिएका हौँ । विपक्षी दलको मान्यता दिएको होइन । पत्रमा कांग्रेस विपक्षी दल भनिएको छैन,’ सचिवालयका एक अधिकारीले भने ।

२६ पुसमा प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेस प्रतिपक्षी दल नहुने विषय संसद्‌मा प्रवेश गरेको थियो । त्यसपछि कांग्रेसले २९ पुसमा प्रतिपक्षी दलको दाबी गर्दै संसद सचिवालयमा विपक्षी दलको नेताले पाउने सेवा सुविधाबारे जानकारी माग गर्दै निवेदन दिएको थियो । ‘काग्रेसले दिएको निवेदनमा प्रतिपक्षी दलको दाबी गरेको छ,’ सचिवालय स्रोतले भन्यो, ‘कांग्रेसको पत्र कर्मचारीमार्फत् आएको छ । कांग्रेसको नेता, प्रमुख सचेतक वा सचेतकमार्फत् आउनुपर्ने हो ।’ त्यसको जवाफ ४ माघमा संसद् सचिवालयले कांग्रेस संसदीय दललाई दिएको हो ।

पत्रमा संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची १ र २ बमोजिम हुने जानकारी गराएको हो । उक्त अनुसूचीमा विपक्षी दलको नेताले पाउने सेवा सुविधा उल्लेख गरिएको छ । यो संसद् सचिवालयले सभामुखमा देवराज घिमिरे निर्वाचित हुनुअघि नै कांग्रेसलाई जानकारी गराएको पत्र हो । घिमिरे सभामुखमा ५ माघमा निर्वाचित भएका थिए । कांग्रेसले विपक्षी दलको हैसियतमै सेवा सुविधा प्रयोग गरिरहेको पाइएको छ । संसद् सचिवालय स्रोतका अनुसार कांग्रेसले संसद्‌मा विपक्षी दलको कार्यकक्ष र त्यहाँ कार्यरत कर्मचारीको प्रयोग गर्दै आएको छ । ‘विवाद भएपछि विपक्षी दलको नेताले पाउने स्वकीय सचिव दिइएको छैन । त्यो बाहेक अरु सेवा सुविधा प्रयोग गरेको छ । संसद्‌को कार्यकक्ष प्रयोग गर्दै आएको छ,’ सचिवालयका एक अधिकारीले भने, ‘प्रयोग नगर्न भन्न सकिएको छैन ।’ त्यसो त कांग्रेस संसद्‌मा विपक्षी दलको कुर्सीमै बस्दै आएको छ । कांग्रेसको कुर्सीमा सचिवालयले प्रतिपक्षी दल नै उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu