ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुस्ता बचाऊँ अभियानका संयोजक गोपाल गुरुङको निधन


abc tv
११ माघ २०७९, बुधबार   ८ : ५३   बजे

काठमाडौं । नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका ‘सुस्ता बचाऊँ अभियान’का संयोजक गोपाल गुरुङको निधन भएको छ।

नवलपरासी पश्चिमको सुस्तामा नेपाली भूमि जोगाउन अभियान सञ्चालन गरिरहेका ६२ वर्षीय गुरुङको उपचारका क्रममा मंगलबार राति निधन भएको हो।

उनी मस्तिष्काघात भई झण्डै एक महिनादेखि भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थिए।

नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाशप्राप्त गुरुङ २०५५ देखि सुस्तामा बसेर भारतीय अतिक्रमणविरुद्ध लडिरहेका थिए।

विसं २०६२ देखि भारतीय पक्षले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही सालको जेठ १७ गते गुरुङले ‘सुस्ता बचाऊँ अभियान’ नामको समिति गठन गरेर अतिक्रमणका विरुद्व लागेका थिए।

यस क्रममा भारतीय सुरक्षाकर्मीले गुरुङलाई झुटा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष थुनेको पनि थियो।

गोपाल गुरुङको नेतृत्वमा बनेको ‘सुस्ता बचाऊँ अभियान’ले पटक–पटक सुस्ताको नेपाली भूमि बचाउन सरकारसँग लिखित रुपमा सहयोग मागेको थियो। स्थायी सीमा नभएका कारण भारतले पटकपटक अतिक्रमण गरिरहेको सुस्तालगायत अन्य ठाउँमा स्थायी सीमा स्तम्भ राख्न गोपाल गुरुङले पहल गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu