ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लामिछानेले यसरी ढाँटे सर्वोच्चलाई(सम्पूर्ण कागजपत्रसहित)


ABC NEWS
११ माघ २०७९, बुधबार   २ : २८   बजे

काठमाडौं । रवि लामिछानेको नागरिकता र राहदानीको विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजै (बुधवार) गरमागरम बहस र छलफल हुँदै छ । लामिछानेले अमेरिकाबाट नेपाल फर्केपछि एकपल्ट त्यागिसकेको नागरिकता नै प्रयोग गरेको र ०५० सालमा प्राप्त निश्क्रिय नागरिकताका आधारमै सन् २०१५ मा नेपाली पासपोर्ट लिएको भन्दै गम्भीर सार्वजनिक सरोकारको प्रश्न उठिरहेको छ ।

लामिछानेले नागरिकता र राहदानीबारे दायर भएको रिटमा सर्वोच्चलाई लिखित जवाफ पठाउँदै यसअघि सबै विवरण प्रेस काउन्सिल र अध्यागमनमा बुझाइसकेको दाबी गरेका छन् । तर, तथ्यले उक्त दाबी झुटा सावित गरिदिएको छ । उनले विवरण पेश गरेको नभै उनीमाथि काउन्सिलले छानबिन शुरु गरेपछि गालीगलौज र चेतावनीको अशिष्ट भाषामा मनगढन्ते प्रष्टिकरण दिएको खुलेको छ । लामिछानेविरुद्ध काउन्सिलमा परेका भिन्नाभिन्नै उजुरीको छानबिनपछि कारबाहीको डरले अध्यागमनलाई तथ्य लुकाएर नागरिकता परित्यागको जनाउ दिएको कागजातबाट देखिन्छ । तथ्यबाट उनीविरुद्ध लागेका आरोपको खण्डन हुने विवरणको त कुरै छाडौं काउन्सिलमाथि धम्की र आक्रोशपूर्ण शब्दजालले भरिएको एकसरो गोश्वारा प्रष्टिकरणबाहेक अरु केही हात लाग्दैन ।

काउन्सिल स्रोतले दिएको जानकारीअनुसार लामिछाने नेपाल फर्केपछि अध्यागमन कानुन, श्रम कानुन र प्रेस कानुन उल्लंघन गरेको विषयमा काउन्सिलमा उजुरी परेको थियो । न्युज २४ मा कार्यरत रहँदा लामिछानेद्वारा प्रसारित कार्यक्रमलाई लिएर काउन्सिलमा थप दुईवटा उजुरी दर्ता भएका थिए । ती उजुरीउपर छानबिनका क्रममा २०७४ साल चैत २३ गते स्पष्टिकरण सोधिएको देखिन्छ । सोको जवाफमा लामिछानेले विदेशी नागरिक नभएको, प्रेस पास पनि नलिएको र श्रम इजाजत लिएरै कार्यक्रम चलाएको झुट्ठा दाबी काउन्सिलमा पेश गरेको पाइएको छ । उक्त दाबी २०७५ वैशाख ६ गतेको हो । आचारसंहिता अनुगमन उपसमिति (विद्युतीय) समक्ष ‘खुलाई पेश गरिएको’ भन्दै दुईपन्ने कागजमा गालिगलौज र अशिष्ट भाषामा प्रष्टिकरण दिएको पाइन्छ ।

छानबिनलाई प्रभावित पारी तथ्यलाई अन्यत्रै मोड्ने मनशायले लामिछानेको सामाजिक सञ्जालमार्फत अशिष्ट र आपत्तिजनक टिप्पणीहरू नरोकिएपछि काउन्सिलले उनको नेपाल बसाइ र नेपालमा रहँदा काम गर्ने वैधताबारे सरकारका सम्बन्धित निकायमा २०७५ असार ४ गते पत्राचार गरेको थियो । त्यसपछि मात्र २०७५ असार ६ गते लामिछानेले नेपालस्थित अमेरिकी दूतावासलाई नागरिकता र राहदानी परित्याग गरेको जनाउ दिन अध्यागमन विभाग पुगेका थिए । उनी नागरिकता त्यागको सूचना दिन सिडिओ कार्यालय नभई भिसाको विवरण राख्ने अध्यागमनमा निवेदन दिन पुग्नुको पछाडि प्रेस काउन्सिलको छानबिनलाई ‘स्केप’ गर्ने ध्येय देखिन्छ । यसरी काउन्सिल र अध्यागमनमा सबै विवरण उपलब्ध गराएको भन्ने लामिछानेको दाबी झुटा छ ।

त्यसपछि पनि सार्वभौम राष्ट्रको प्रचलित नियम, कानुन, विधि पालना गरी पेशागत मर्यादामा ध्यान दिन सचेत गर्दै काउन्सिलले निर्देशन दिएको थियो । लामिछानेको अशिष्ट भाषा, शैली र अमर्यादित गतिविधिलाई लिएर विद्युतीय कारोबार ऐनलगायत तत्सम्बन्धी प्रचलित अन्य कानुन उल्लंघन नहुने कुरामा ध्यान पु¥याउन समेत त्यतिवेला निर्देशित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group