ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनसम्बन्धी ऐन संशोधनको तयारीमा छौं – प्रमुख निर्वाचन आयुक्त थपलिया


एबीसी न्यूज
१२ माघ २०७९, बिहिबार   ५ : ५३   बजे

काठमाडौं, १२ माघ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सुधारका लागि ऐन संशोधनको तयारीमा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको सुधारका लागि निर्वाचन ऐन संशोधन मुख्य कुरा भएको औंल्याउँदै त्यसको संशोधन गर्ने कामलाई आयोगले अघि बढाएको पनि स्पष्ट पारे ।

उनले भने, ‘हामी यही संसदमा एकीकृत निर्वाचन कानुन लिएर जाने तयारीमा छौं । त्यसकारण तपाईहरुसँगको यो बसाई र त्यसपछिका सुधारका कुराहरु पनि त्यो ऐनलाई टेकेर ऐनमा के कुरा लिएर जाने, त्यो पनि हामी लिएर जान्छौं । ‘

२०७४ सालको निर्वाचन पछि निर्वाचन आयोगको एक अध्ययन प्रतिवेदनले निर्वाचनको सुधारका लागि १४७ वटा क्षेत्रमा सुधार हुनुपर्ने र त्यसमध्ये ८२ वटा चाँहि ऐननै संशोधन गर्नुपर्ने भनेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धि ऐन संशोधन आयोगको मुख्य कार्यभारको रुपमा रहेको स्पष्ट पारे । त्यसका लागि सम्बन्धित निकायहरुसँग थप छलफल गरी ऐन शंशोधनको एकीकृत मस्यौदा तयार पार्ने आफूहरुको योजना रहेको उनको भनाई थियो ।

उनले भने, ‘ अबको साँढे २ वर्षको अवधिमा २०७४ सालको निर्वाचनका एउटा सानो घटना म तपाईहरुलाई बताउन चाहन्छु । निर्वाचन आयोगले मात्रै एउटा अध्ययन गरेर कतिवटा सुधार गर्नुपर्छ भनेर प्रतिवेदन निकाल्दा १४७ वटा क्षेत्रमा सुधार गर्नुपर्छ भनेको रहेछ । ती मध्ये ८२ वटा कुरा चाहिँ ऐनमै संशोधन गरेर सुधार गर्नुपर्छ भनेर लेखिएको रहेछ । भनेपछि मेजर कुरा त ऐन छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापनमा सुधार हुँदै आएको दावी गर्दै विभिन्न संस्थाहरुले गरेको अनुगमन र पर्यवेक्षण प्रतिवेदनले औंल्याएको आधारमा सुधारका अन्य कार्ययोजनाहरु पनि तय हुँदै जाने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group