ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैठकमा प्रचण्डको ब्रिफिङ– ‘कांग्रेससँग गठबन्धन टुट्यो, एमालेले साथ नदिएको भए सत्ता बाहिरै हुनेथियौं’


abc tv
१२ माघ २०७९, बिहिबार   ९ : ०१   बजे

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन नदिन बाहिर निकै तयारी भएकैले कांग्रेससँगको गठबन्धन टुटेको ब्रिफिङ पार्टी बैठकमा गरेका छन् ।

पार्टी स्थायी समिति बैठकमा बोल्दै प्रचण्डले कांग्रेससहितको गठबन्धन टुट्नुका कारणहरु स्पष्ट खुलाएका हुन् ।

प्रचण्डले बैठकमा भने, ‘हाम्रो नेतृत्वमा सरकार बन्न नदिन बाहिर पूरै तयारी भएको रहेछ। त्यही वातावरण बनाएपछि कांग्रेस ढुक्क भएको रहेछ, नयाँ जनादेशपछि कांग्रेसले प्रधानमन्त्रीको दाबी नछोड्नुको कारण त्यही हो।’

पुस २ गते बालुवाटारमा भएको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूसँग गरेको समझदारीअनुसार काम नगरी बाहिरी तत्वको कुरा सुन्दा गठबन्धन छाड्नुपरेको प्रचण्डले बैठकमा बताएका छन्।

आफूसँगको समझदारी भुलेर कांग्रेसले धोका दिएको गुनासो प्रचण्डले गरेको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले बताए।

‘कांग्रेसले ठूलो धोका दिएको हो । हामीसँग एउटा समझदारी गर्ने अनि माओवादीलाई सत्ताबाहिर राख्ने अन्तको डिजाइनमा साथ दिन तयार भएर बसेको रहेछु’ प्रचण्डले बैठकमा भने, ‘गठबन्धनका पार्टनरहरुले पनि सहयोग गरेको देखिएन। संख्याभन्दा बढी भाग माग्ने गरेर समस्यामा पारे।’

कांग्रेसले रोक्न खोजे पनि नेकपा एमाले लगायतका दलहरुको सहयोगमा माओवादीकै नेतृत्वमा सरकार गठन भएकोले यसलाई जोगाउनुपर्ने दायित्व आफ्नो भएको प्रचण्डले बताए।

‘तपाईंहरुले देख्नु भएकै छ, अहिले नयाँ गठबन्धन कसरी अघि बढेको छ,’ प्रचण्डले थपे।

उनले अब कांग्रेससहित सबै दलबीच एउटा सहमति बनाउन लाग्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group