ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्टन्टवाजीबाट रबिको धैर्यताको परीक्षा शुरु (पूरा कागजपत्रसहित)


ABC NEWS
१५ माघ २०७९, आइतबार   ८ : ३८   बजे

एबीसी टिप्पणी : ‘विदेशको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम रहँदैन र त्यस्तो व्यक्तिले विदेशको नागरिकता त्यागेपछि नेपालको नागरिकता प्राप्त गर्न सक्छ, तर स्वतः होइन, यसका लागि प्रक्रिया पूरा गर्नुपर्छ  । ‘ सर्वोच्च अदालतको संवैधानिक इजालाशले दोहरो नागरिकताका सम्वन्धनमा रवि लामिछाने विरुद्ध परेको रिट निवेदनमा स्पष्ट फैसला गरेको छ ।
स्वतः नेपाली नागरिकता कायम नरहेको सर्वोच्च अदालतको फैसलापछि, तिलस्मी रुपमा राजनीतिको झण्डै शिखरमा पुगेको अभिनय गरेका रवि लामिछाने फेदमा पुगेका छन् ।

उनी विरुद्ध दोहारो राहदानी प्रयोगका मुद्धामा उनले सफाई पाएमा उनी राजनीतिमा फेरि फर्कन पाउनेछन् । तर दोहरो राहदानी प्रयोगले नेपालको कानुनले फौजदारी अभियोग ठहर गरेको छ । त्यही अनुसारको फैसला भएमा लामिछानेले सजायँ भोग्नु पर्नेछ । अमेरिकी नागरिकता कायम रहँदारहँदै त्यागिसकेको नेपाली नागरिकताकै आधारमा उनले नेपाली राहदानी पनि लिएर तीन वर्षसम्म दुवै देशका राहदानी प्रयोग गरे । यो आफैंमा फौजदारी मुद्दा आकर्षित हुने विषय हो  । लामिछानेले एकै पटक दुई देशको नागरिकता र राहदानी प्रयोग गरिरहेकोमा छानबिन गर्न अनुरोध गर्दै गत मंसिरमै गृह मन्त्रालयमा उजुरी परेको थियो  । गृह मन्त्रालयबाट आफूकहाँ आएको उक्त उजुरीलाई जिल्ला प्रशासन कार्यालयले काठमाडौं प्रहरी परिसरलाई पठाएको थियो   ।

तर लामिछाने नै प्रहरीको हाकिम अर्थात गृहमन्त्री बनेपछि सम्बन्धी उनीमाथिको अनुसन्धान रोकियो । अब प्रहरीको अनुसन्धानबाट आरोप सही ठहरिएमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा चलाइनुपर्छ  । जहाँबाट जसरी मुद्धा टुंगिए पनि यो अभियोगको तार्किक निष्कर्षमा नपुगुजेल लामिछाने स्वयंले अनुसन्धानलाई सघाउनु र राजनीतिक सक्रियताका निम्ति धैर्य गर्नु सवैभन्दा उयुक्त हुनेछ । तर उनी गृहमन्त्री बनेर आफ्नै मुद्धा ढिसमिस पार्ने जुन हर्कत गरे । त्यो हेर्दा लामिछानेबाट धेर्यता र संयमको आशा भने त्यति धेरै छैन ।

यदि लामिछाने इमँन्दार छन् भने आइबार नै नागरिकता पुनः प्राप्त गर्नेबित्तिकै छ महिनासम्म गैरसांसद पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाको बाटोबाट लामिछाने फेरि सरकारमा जाने जुन चर्चा भैरहेको छ, त्यसलाई उनले झुटो साबित गर्नुपर्छ  । फौजदारी कसुर मानिने विषयको अनुसन्धान नटुंगिउन्जेल सार्वजनिक जिम्मेवारी लिने धृष्टता उनले गर्नु हुँदैन  । सुशासनको पैरवी गर्दै उदाएको नवदलको साख जोगाउन मात्र होइन, नैतिक राजनीतिको मर्म बचाउन पनि भइरहेको क्षतिबाट थप क्षति हुन नदिनकालागि लामिछाने र उनीद्वारा गठित राष्ट्रिय स्वतन्त्र पार्टी चनाखो बन्नु पर्दछ ।

ऐनलगायत तत्सम्बन्धी प्रचलित अन्य कानुन उल्लंघन नहुने कुरामा ध्यान पु¥याउन समेत त्यतिवेला निर्देशित गरिएको थियो ।

यहां प्राप्त भएका यी कागजपत्रको उचित निरुपण रबिका लागि सबैभन्दा मुख्य विषय हो । विगतमा गरेको उनको स्टन्टवाजी आम मतदातामाथि नै धोका प्रमाण्ति हुंदैछ । त्यसो क्षतिलाई कम गर्न पनि रवि पहिले इमान्दार नेपाली नागरिक बन्न आवश्यक छ । त्यसपछिमात्र उनले राजनीतिक मैदानमा खेल्न उपयुक्त हुनेछ । तर उनको धेर्यताका परीक्षा शुरु भएको यो समयमा सवैखालका चर्का कुरा गर्नेहरुको पनि आत्मपरीण शुरु भएको मन्नु अन्यथा हुने छैन ।

 

 

झुठ लोकप्रियतावादको अवसान, लामिछानेको ३२ दिनमै उपप्रधान सहित पार्टी सभापति पद गयो, फोजदारी अभियोग लाग्ने निश्चत

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group