ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने


एबीसी / संवाददाता
१५ माघ २०७९, आइतबार   १० : ०५   बजे

काठमाडौँ, १५ माघ । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिकाको आगामी संस्करण अमेरिकामा हुने भएको छ । कुल १६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० टिम हुनेछन् भने उत्तर र मध्यम अमेरिकी क्षेत्रबाट ६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

सन् २०२४ को कोपा अमेरिका आयोजना गर्ने पालो इक्वेडरको भए पनि त्यहाँको सरकारले आयोजना गर्न नसक्ने जनाएपछि दक्षिण अमेरिकी फुटबल संघ कन्मेबोलले अमेरिकालाई प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो ।

कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो । यसअघि कोपा अमेरिकाको एक सय वर्ष पूरा भएको अवसरमा सन् २०१६ मा पनि यो प्रतियोगिता अमेरिकामै आयोजना भएको थियो । पछिल्लो पटक सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको थियो ।

२०२४ को कोपा अमेरिकासँगै महिला फुटबल र क्लब प्रतियोगिता आयोजनाका लागि कन्मेबोल र उत्तर तथा मध्यअमेरिकी फुटबल संघ कोनकाकाफबीच विभिन्न सहमतिसमेत भएको छ ।

जसअनुसार अब हुने कोपा अमेरिकामा टिम संख्या बढाएर १६ पुर्‍याइने छ । जसमा दक्षिण अमेरिकी १० टिम स्वतः छानिने छन् भने ६ टिम कोनकाकफबाट हुने छ । टिमको टुंगो २०२३/२४ कोनकाकाफ नेसन्स लिगबाट लाग्ने छ ।

आयोजक भए पनि हालै कतार विश्वकपको अन्तिम १६ मा नेदरल्यान्डसँग पराजित अमेकिा स्वतः छनोट हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu