ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिस वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर चल्न दिनुपर्ने माग


एबीसी / संवाददाता
१९ माघ २०७९, बिहिबार   ७ : १५   बजे

काठमाडौँ, १९ माघ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ ।

महासंघका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको टोलीले आज उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको हो ।

बिस वर्ष सञ्चालन भएका सबै सवारीसाधन पुरानो नहुने भएकाले यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न मिल्ने सवारी साधनलाई सञ्चालनका लागि आवश्यक प्रक्रिया पुर्‍याउन मन्त्रीसमक्ष माग गरिएको महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए ।

महासंघले यातायात क्षेत्रलाई व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि सरोकारवाला निकायको सहभागिता रहने गरी ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्नसमेत माग गरेको छ । देशभर तीन सय ६५ संघसंस्था आबद्ध रहेको महासंघमा तीन लाख ८० हजार सवारीसाधन आबद्ध रहेका छन् । विसं २०३६ मा स्थापना भएको महासंघमा हाल प्रत्यक्ष ११ लाख र अप्रत्यक्षयरूपमा ४० लाख श्रमिक आबद्ध रहेका छन् । उक्त महासंघअन्तर्गत देशका न्यून तथा मध्यम वर्गीय व्यवसायीको रु १० खर्ब लगानी रहेको छ ।

भेटमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले यातायात क्षेत्रको समस्या तत्काल समाधान गर्ने बताए । “यातायात व्यवसायी र यातायात क्षेत्रका श्रमिकले राखेको राष्ट्रिय यातायात प्राधिकरण निर्माण गर्नका लागि मन्त्रालयले कार्यदल निर्माण गरेको छ, उक्त कार्यदलले दिएको प्रतिवेदनका आधारमा सरकार अगाडि बढ्छ,” उनले भने ।

भेटमा मन्त्रालयका सचिव इञ्जिनियर केशव शर्मा, महासंघका उपमहासचिव पुरुषोत्तम सिंखडा, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठलगायत मन्त्रालयका कर्मचारी र यातायात व्यवसायीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group