ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्ता छन् क्यानको बैठकले गरेका १३ निर्णय


एबीसी / संवाददाता
१९ माघ २०७९, बिहिबार   ८ : ५५   बजे

काठमाडाैँ, १९ माघ । नेपाल क्रिकेट संघ (क्यान)को पोखरामा बसेको बोर्ड बैठकले संघको विशेष साधारणसभा आउँदो जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ ।

बुधबार पत्रकार सम्मेलनमार्फत् बैठकका निर्णय सार्वजनिक गर्दै संघले सोको जानकारी गराएको हो । बोर्डले यु–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सनकुमार झालाई मनोनयन गर्ने निर्णय गरेको संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

बैठकले पूर्वप्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीको संयोजकत्वमा संघका एन्टी करप्सन अफिसर रितेश सिंह र एक सदस्य पछि थप्ने गरी तीन सदस्यीय ‘क्यान इन्टिग्रिटी कमिटी’ गठन गर्ने निर्णय गरेको उनको भनाइ छ ।

यस्तै संघको वार्षिक साधारणसभा आउँदो फागुन १४ र १५ गते सुर्खेतमा गर्ने निर्णय गरिएको छ । बैठकले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्वन पुकुवा गर्ने निर्णय गरेको छ । अनुशासन उल्लंघनको कारबाहीमा परी लामिछाने निलम्वनमा परेका थिए ।

यस्तै, छ आउँदो महिनाका लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीलाई केन्द्रीय करारमा राखिने भएको छ । जसमा पुरुषतर्फ ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख ग्रडे ‘बी’ मा आरिफ शेख, कुशल भूर्तेल र ज्ञानेन्द्र मल्ल रहेका छन् ।

ग्रेड ‘सी’ मा कमलसिँह ऐरी, विनोद भण्डारी, गुल्शनकुमार झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव रहेका छन् ।

महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कँुवर, अस्मिना कर्माचार्य, ग्रेड ‘सी’मा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम रहेकी छन् ।

नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ कार्यमा संलग्न खेलाडी र व्यक्तिमाथि आइसिसी र क्यानको ‘कोड अफ कण्डक्ट’ बमोजिम कारबाही अघि बढाइने संघले जनाएको छ ।

No photo description available.

No photo description available.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धारमा जुट्न ओलीको निर्देशन

बाढीको क्षतिबारे छलफल गर्न नेकपा कार्यसंयोजन समितिको आकस्मिक बैठक

सम्बन्धित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu