ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेटिँदैनन् अचेल कुवा र पोखरी


एबीसी / संवाददाता
१९ माघ २०७९, बिहिबार   ९ : ४८   बजे

ढोरपाटन, १९ माघ । निसीखोला गाउँपालिका–४ को झिम्पा, बडाचौर र खाडाखौर गाउँमा दुई दशक अगाडिसम्म कुवा र पोखरी ठाउँठाउँमा भेटिन्थे । पोखरीमा भैँसीलाई आहाल खेलाउने र त्यहाँको पानी पशुचौपायालाई खुवाउने गरिन्थ्यो । कुवाको पानी भरेर स्थानीयवासीले उपभोग गर्थे । अहिले हरेक घरमा खानेपानीको धारा बनेका छन् । त्यसले गर्दा कसैले पनि कुवा र पोखरीको पानी बोक्नु परेको छैन ।

स्थानीयवासीले कुवा र पोखरीको पानी बोक्न छोडेको पनि दशक बितिसक्यो । प्रयोग हुन छोडे पनि पोखरी सुक्खा जमिनमा परिणत भए । गाउँमा जथाभावी सडक निर्माण गर्दा कुवा पनि सुक्दै गए । हराउँदै गए । अहिले यी कुनै पनि गाउँमा कुवा भेटिँदैनन् । पोखरी पनि भेट्टाउन मुस्किल पर्छ । बूढापाकाले पानीको मुहान संरक्षणका लागि पनि पोखरी बनाउने र बाह्रै महिना पोखरीमा पानी हालिराख्थे । तर अहिले कसैले पनि त्यसतर्फ ध्यान दिएको पाइँदैन ।

“अहिले सबैको घरमा धारा बनेका छन्, कसैलाई पनि पोखरी र कुवामा गएर पानी बोक्नु पर्दैन, हुन त अहिले पोखरी र कुवा भेट्टाउन पनि सकिँदैन”, स्थानीय ७९ वर्षीय शेरबहादुर घर्तीले भने, “१०/१२ वर्षअघिसम्म गाउँको धेरै ठाउँमा पानीका मुहान थिए, पोखरीमा भैँसीलाई आहाल खेलाइन्थ्यो, अहिलेको जस्तो धारा थिएनन्, कुवाकै पानी खाएर हामी हुर्किएको हो ।”

उनी विकाससँगै गाउँमा विनाश पनि हुँदै गएको बताउँछन् । घर्तीमगरले गाउँमा जथाभावीरूपमा खनिएका सडकले पानीको मुहान सुक्नुका साथै कुवा र पोखरी हराएको बताए । पछिल्लो समय खानेपानीको मुहान पनि सुक्दै गएकोप्रति घर्तीले दुःख व्यक्त गरे । पोखरी मौलिक सम्पदा भएको भन्दै यसको संरक्षणमा अहिलेको पुस्ताको ध्यान नगएको उनी बताउँछन् ।

उनी भन्छन्, “पहिलेको जस्तो गाईभैँसीलाई पोखरीमा लगेर पानी खुवाउने चलन हराए, अहिले गाठेमै खानेपानीको पाइप पुगेका छन्, पशुचौपायले पनि सफा पानी पिउन पाएका छन्, गाउँमा पहिलेको जस्तो प्रशस्त पानीको मुहान छैनन्, धेरै ठाउँमा मुहान सुकिसके, पोखरी त कतै बाटोमा परिणत भएका छन् त कतै, बेवारिसे बनेका छन्, कुवा, धारा र पोखरीको संरक्षण गर्दा धर्म संरक्षण हुन्छ, पाप पखालिन्छ भन्थे बूढापाका, अहिले त कसले संरक्षण गर्ने ?”

अर्का स्थानीय बेलबहादुर क्षेत्रीले यस क्षेत्रमा पछिल्लो समय पानीको मूल सुक्ने समस्या गम्भीररूपमा बढिरहेको बताए । परापूर्वकालदेखिका मूल, कुवा, पँधेराको मर्मतसम्भार तथा संरक्षणको विषय स्थानीय तहको प्राथमिकतामा पर्न नसकेको उनको गुनासो छ । पोखरी संरक्षणबाट पानीको मूललाई जोगाउन भनेर स्थानीय तहले कार्यक्रम बनाउनसके वातावरणमा सुधार आउने क्षेत्रीको भनाइ छ ।

“पहिलेपहिले बाटोघाटोमा धारो बनाउने, पोखरी बनाउने र कुवा संरक्षण गरे पुण्य कमाइन्छ भन्ने प्र्रचलन थियो, त्यसले गर्दा खानेपानीको समस्या हुँदैनथ्यो, जहाँ गयो, त्यहीँ प्रशस्त पानी पाइन्थ्यो, खै अहिले कहाँ छन् ती पोखरी, कुवाहरू ?” उनले भने, “यस्ता सम्पदा त गाउँलेले पनि संरक्षण गर्नुपर्ने हो, तर कसैले ध्यान दिँदैनन् ।”

निसीखोला गाउँपालिका–२ मा कुवा र पोखरीको संरक्षण नगर्दा खानेपानीको समस्या पर्दै आएको छ । स्थानीय कुलबहादुर विकले दुई दशक अगाडि गाउँमा प्रशस्त खानेपानी रहेको स्मरण गर्दै अहिले दैनिक खानेपानीका लागि घण्टौँ धाउनुपर्ने बाध्यता रहेको बताए । यहाँका करिब ४० बढी घर परिवारले आकाशे पानीको भर पर्नु परेको विकले गुनासो पोखे ।

बर्सातको समयमा आकाशे पानी संकलन गरेर हिउँदको आधा समय गुजारा कटाउने गरेको उनको भनाइ छ । “पहिला हाम्रा बाउबाजेले पानीका मुहानको निकै संरक्षण गर्थे, जहाँ मूल छ, त्यहाँ बार लगाएर राख्थे, रुख बिरुवा रोप्थे तर अहिले, रुख बिरुवा रोप्नेभन्दा बढी काट्न, ढाल्ने छन्, त्यही भएर पनि होला यो गाउँमा खानेपानीको यति धेरै समस्या परेको”, उनले भने, “बर्खामा घ्याम्पोमा सङ्कलन गरेको पानी डेढ महिना पनि पुग्दैन, लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकार नै मच्चिन्छ, दिनभर पानी ओसार्न ठिक्कै हुन्छ, अरु काम त गर्न भ्याइँदैन ।”

निसीखोला गाउँपालिका परम्परागत कुवा, धारा तथा पोखरी संरक्षणमा जुटेको छ । गत वर्ष एक दर्जन बढी पोखरी निर्माण गरेको गाउँपालिकाले यस वर्ष पनि थप नयाँ निर्माण गर्ने तथा पुराना मर्मत सम्भार गर्ने योजना गरेको सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए । उनले पानीको मुहान सुक्न थालेपछि गाउँपालिकाले कुरा, पोखरी र ताल संरक्षण गर्ने अभियान चलाउने बताए ।

गौतम भन्छन्, “गाउँपालिकाले सम्पदा संरक्षणअन्तर्गत कुवा, पोखरी तथा ताल संरक्षणका लागि योजना बनाएको छ, यसलाई अभियान नै बनाएर लाग्ने भन्ने छ, गत वर्ष केही बजेट विनियोजन भएको थियो, त्यसबाट एक दर्जन बढी पोखरी निर्माण भएका छन्, आगामी वर्ष पनि बजेट व्यवस्थापन गरेर संरक्षणमा लाग्ने छौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group