काठमाडौँ, २० माघ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्याधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि आज पहिलो सुनुवाइ हुने भएको छ ।
मंगलबार लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेसी शुक्रबार तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए ।
दुई हप्ताअघि उच्च अदालत पाटनले छामिछानेलाई २० लाख रूपैयाँ धरौटी लिएर शर्तसहित छाडेको थियो । लामछिानेलाई विदेश जान रोक र पीडित पक्षसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सम्पर्क गर्न रोक लगाउँदै उच्च अदालतले सो आदेश जारी गरेको थियो ।
धरौटीमा छुटेपछि क्यानले लामिछानेको निलम्बन फुकुवा गरिसकेको छ । उनलाई बन्द प्रशिक्षणमा समेत बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्