काठमाडौँ २१ माघ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका एक लाख ३६ हजार पार्टी सदस्य भएर पनि एक सदस्यले तीन जनाको मत समेत तान्न नसकेका कारण राष्ट्रिय पार्टी बन्न बाट बन्चित भएको बताएका छन् । ‘उनले भने निर्वाचनको परिणाम हामीले सोचेकोजस्तो भएन । हामीले १० सिट जितेपछि ३ प्रतिशत थ्रेसहोल्ड समेत कटाउन सकेनौँ । खास त्रुटि कहाँ भयो रु अहिले एकले अर्कालाई दोष लगाउने काम भइरहेको छ । तर, यसको पहिचान गरेर हामीले त्यसलाई सच्याएर अघि बढ्न आवश्यक छ,’ उनले भने ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि सत्ता समीकरणको फेरबदलको रहस्य आफूले बल्ल बुझिरहेको बताएका छन् । उनले फेरिएको समीकरणकै कारण मुलुकमा संविधान र व्यवस्थाप्रति जोखिम निम्तिएको बताए ।
शनिबारदेखि बसेको केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावमा लोकप्रियतावादी शक्तिले आशा जगाएर मत लिएपनि अहिले त्यसको व्यापक दुरुपयोग गरिरहेको बताए । ‘यो चुनावमा लोकप्रियतावादी शक्तिले केही गर्छन् कि भन्ने जनतामा छाप छाडे, चुनावमा नतिजा पनि पाए । तर, अहिले त्यसको परिणाम देखिन थालेको छ,’ उनले भने, ‘मन्त्री पदका लागि कुन तहको आशक्ति देखाइरहेका छन् रु त्यो छताछुल्ल छ । आफ्नो स्वार्थ जोडिएको मन्त्रालय लिएर कसरी शक्तिको दुरुपयोग गरिरहेका छन् रु त्यो पनि छताछुल्ल भएको छ ।’
उनले मुलुकमा कहिलेसम्म यस्तै राजनीतिक तलरता रहिरहने हो भनेर कुनै निश्चितता नरहेको बताए । ‘चुनावअघि एउटा समीकरण थियो, परिणाम आएपछि नयाँ समीकरण बन्यो । वास्तवमा त्यसको कारण के रहेछ भनेर मैले त भर्खरै बुझ्दैछु, देउवाजी र प्रचण्डजीको बीचमा प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने सहमति भएको रहेछ, तर ओलीले देउवाजीलाई प्रचण्डलाई नदिनुहोस्, तपाईंलाई प्रधानमन्त्री बनाउन म सहमति दिन्छु भनेर झुक्याएछन्, अहिले बिहान पनि मैले कांग्रेसका नेताहरूलाई भेटेँ । ओलीले देउवालाई कसरी झुक्याएछन् भनेर म त बल्ल थाहा पाउँदैछु ।’
उनले ओली–दाहाल मिलेर सरकार बनाएपनि दाहालले ओलीलाई कहिलेसम्म झेल्ने हो ? भनेर कुनै ठेगान नभएको बताए । ‘अहिले नै खटपट सुरु भइसकेको छ । यो सत्ता गठबन्धन कहाँसम्म जाने हो रु राष्ट्रपतिको निर्वाचनसम्म पुग्ला कि नपुग्ला ? यस्तो तरल राजनीतिक अवस्था कहिलेसम्म जाने हो ? केही ठेगाना छैन,’ नेपालले सन्निकट अन्यालता औंल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्