काठमाडौँ, २२ माघ । रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः१५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र सोमबार निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो ।
राष्ट्रियसभाको उपाध्यक्षका लागि सत्ता पक्ष र प्रतिपक्ष कसैले पनि उम्मेदवार तय गरेका छैनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन याता सत्तारूढ गठबन्धनले पनि उम्मेदवार टुंगो लगाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्