काठमाडौँ, २२ माघ । लियोनल मेस्सीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले शनिबार फ्रान्सेली लिग वानमा टुलोजलाई २–१ गोल अन्तरले हराएको छ । यो जितसँगै पिएसजीले अंक तालिकाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ ।
एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै पिएसजीले रोमाञ्चक जित निकाल्ने क्रममा थप गोल आचफर हाकिमीले गरे । टुलोजका लागि क्रान्को भान डेकोले गोल गरेका थिए ।
ब्रान्को भान डेकोले खेलको २०औँ मिनेटमा गोल गर्दै टुलोजलाई सुरूवाती अग्रता दिलाएका थिए । तर, खेलको ३८औँ मिनेटमा आचरफ हाकिमीले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५८औँ मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । मेस्सीले २५ यार्डबाट गरेको उत्कृष्ट गोलनै निर्णायक बन्दा पिएसजीले महत्वपूर्ण ३ अंक जोडेको छ ।
यो जितसँगै पिएसजीको २२ खेलबाट ५४ अंक भएको छ । मार्सेइलो २१ खेलबाट ४६ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको लेन्सले ४५ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्