ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य क्षेत्रमा सुधारको अठोट लिएको छु : स्वास्थ्यमन्त्री गिरी


एबीसी / संवाददाता
२२ माघ २०७९, आइतबार   ८ : ०२   बजे

चितवन, २२ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा धेरै ठुलो सुधार गर्ने अठोट लिएर आएको बताएका छन् ।

विश्व क्यान्सर दिवसको अवसरमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै गिरीले समस्या विकराल भए पनि समाधान गर्ने अठोट व्यक्त गरेका हुन् ।

उनले स्वास्थ्य क्षेत्रमा कुल बजेटको पाँच दशमलव ७४ प्रतिशत मात्रै बिनियोजन भएको भन्दै समस्या समाधानका लागि यो बजेट अत्यन्त न्यून रहेको बताए । उनले भने, “नेपालको स्वास्थ्य क्षेत्रमा धेरै ठुलो सुधार गर्ने अठोटका साथ मन्त्रालयमा आएको छु ।”

उनले बिनियोजित बजेटको सीमाभित्र बसेर स्वास्थ्य क्षेत्रमा देखिएको ठुलो समस्या समाधान गर्नुपर्ने स्थिति भएको भन्दै थप बजेट आवश्यक भएको बताए ।

अहिले पनि गुणस्तरीय स्वास्थ्य सेवा आम नेपालीसम्म पुर्‍याउने विषय चुनौतीको विषय भएको भन्दै मन्त्री गिरीले भने, “पैसाको अभावमा अस्पताल जान नपाएका जनतासम्म पुगेर गुणस्तरीय स्वास्थ्य सेवा दिने विषय पहिलो प्राथमिकता हो ।”

अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले अस्पतालले पछिल्लो समय गरेका उपलब्धी र भएका समस्याका बारे मन्त्री गिरीलाई जानकारी गराए । अस्पतालका उपनिर्देशक डा.कृष्णसागर शर्माले विदेशी दाताको सहयोगमा ठूलो मात्रामा औषधि र अन्य उपकरण बिरामीलाई निःशुल्क उपलब्ध गराउँदै आएको सो अवसरमा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group